Friday 2nd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

सुरक्षा निकायले बल प्रयोग गर्नुभन्दा पनि नागरिक आफैं सचेत हुनुपर्ने :केन्द्रीय प्रहरी प्रवक्ता

Tuesday, March 24, 2020 National Power

काठमाडौं – कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयमा सुरक्षा निकायले बल प्रयोग गर्नुभन्दा पनि नागरिक आफैं सचेत हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले आम नागरिकको हितमा सरकारले निर्णय गरेकाले सबैले आफैं निर्देशन पालना गर्नु नै हितकर हुने बताए । ‘यो स्वअनुशासनको विषय पनि हो, त्यसैले यसमा कर्फ्यूजस्तो बल प्रयोग गर्नु नपरोस् भन्ने हाम्रो चाहना हो’, उनले भने ।

लकडाउनको पहिलो दिन मंगलबार नागरिकस्तर बाट सरकारी निर्णयको पालना भएको भएको पनि उनले जनाए । ‘मेरो बुझाइमा सरकारले जारी गरेको सूचनाको ९९ प्रतिशत पालना भएको छ’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) क्षेत्रीले भने, ‘यसका लागि नेपाल प्रहरी सर्वसाधारणप्रति कृतज्ञ छ ।’

लकडाउनको निर्णय पहिलोपटक भएकाले यदाकदा उत्सुकता र जानकारी नदिएकाले केही अवज्ञाको प्रयास भएको उनले बताए । थापाले भने, ‘त्यस्ता ६८ जना व्यक्तिलाई नियन्त्रणमा लिएका छौं यद्यपि, सम्झाइबुझाइ गरेर छाडिसकेका छौं ।’

१५ सय सवारीसधान नियन्त्रणमा

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउन उलंघन गरेको आरोपमा कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट ७, झापाबाट ४, सुनसरीबाट ४, पर्साबाट ३, सिरहाबाट २, कञ्चनपुर २ र धनुषाबाट १ गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउन उल्लंघन गरी सञ्चालन गरिएका १ हजार ५७१ सवारी साधन पनि नियन्त्रणमा छन् ।