Wednesday 25th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

अब आफ्ना फेसबुक पोष्ट इन्स्टाग्राममा शेयर गर्न सकिने !

Wednesday, March 11, 2020 National Power

फेसबुकले आफूमातहतका सोसल मिडिया प्लाटफर्महरूलाई एकीकृत गर्ने योजना बनाइरहेको समाचार गएको वर्ष नै आएको थियो । फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सएप फेसबुक कम्पनीका मुख्य सोसल प्लाटफर्म हुन्, जसका प्रयोगकर्ताको संख्या हरेकको १ अर्बभन्दा बढी छ । एक रिपोर्टअनुसार, अहिले विश्वका सर्वाधिक लोकप्रिय एपहरूमा फेसबुक मातहतका यिनै चार एप रहेका छन् ।

फेसबुकको योजना अनुसार, यी सोसल मिडियाका प्रयोगकर्ताहरूले एक प्लाटफर्ममा गरेका पोष्टहरू अर्को प्लाटफर्ममा सीधै शेयर गर्न सकिने सुविधा उपलब्ध हुनेछ । केही समय अघिदेखि इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्ना इन्स्टाग्राम स्टोरीहरू फेसबुकमा पोष्ट गर्न पाउँदै आएका छन् । अब निकटभविष्यमै फेसबुक प्रयोगकर्ताहरूले आफ्ना फेसबुक पोष्टहरू इन्स्टाग्राममा शेयर गर्न पाउनेछन् ।

समाचार अनुसार, फेसबुकले अहिले परीक्षणका लागि यो फिचर केही प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । जुन फिचर फेसबुक एपको Story Privacy settings  को पेजमा Share Story to Instagram अप्सनका रूपमा उपलब्ध छ ।

फेसबुकले सुरु गर्न लागेको यो नयाँ फिचरका बारेमा फेसबुक प्रवक्ताले पनि पुष्टि गरेका छन् । उनका अनुसार, प्रयोगकर्ताका जीवनका महत्त्वपूर्ण क्षणहरू विभिन्न प्लाटफर्ममा शेयर गर्न सजिलो बनाउनका लागि क्रस पोष्टिङ फिचरको आधिकारिक रूपमा परीक्षण सुरु भएको छ ।