Monday 30th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

कोरोना प्रकोप : अमेरिकामा मृतकको संख्या १२ पुग्यो, बेलायत र स्विजरल्यान्डमा पनि १/१ जनाको मृत्यु

Friday, March 6, 2020 National Power

वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९)संक्रमणले पहिलोपटक ७१ वर्षीय एक वृद्धको मृत्यु भएपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्‌काल घोषणा गरिएको छ । क्यालिफोर्नियामा मृत्यु भएका वृद्ध व्यक्तिले सान फ्रान्सिस्को हुँदै मेक्सिको पुगेको ग्रान्ड प्रिन्सेस नामको पानीजहाजमा यात्रा गरेका थिए । उनी केही दिनदेखि स्याक्रामान्टो अस्पतालमा उपचाररत थिए ।

पानीजहाजमा रहेका करिब एक सय यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ । क्यालिफोर्निया एयर नेसनल गार्डको हेलिकप्टरमार्फत पानीजहाजमा परीक्षण गर्ने किट पुर्‍याइएको थियो ।अमेरिकामा कोभिड–१९ ले मृत्यु हुनेको संख्या १२ पुगेको छ, जसमा ११ जना वासिङ्टन राज्यकैछन् । विभिन्न १६ राज्यमा २ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित संख्यामा वृद्धि हुन थालेपछि ह्वाइटहाउसले देशैभर कोभिड–१९ को परीक्षण विस्तारगर्ने घोषणा गरेको छ । संक्रमण नियन्त्रण तथा रोकथाममा सहयोग पुगोस् भनेर यसअघि वासिङ्टन र फ्लोरिडाले पनि आपत्‌काल घोषणा गरेका थिए ।

कोरोनाको त्रास फैलिएसँगै अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । तर चीन छाडेको १४ दिन पछि भने त्यस्ता यात्रुलाई अमेरिका प्रवेश गर्न दिइने उसले जनाएको छ । यसैबीच अमेरिकी गृह मन्त्रालयले पछिल्ला केही दिनमा २ सय ४१ जनालाई अमेरिका प्रवेशमा रोक लगाएको जानकारी दिएको छ । त्यसमध्ये २ सय २७ जना स्थलमार्ग हुँदै अमेरिका प्रवेश गर्न लागेका थिए । कोभिड-१९ को प्रकोपको डरले अमेरिकाले विदेशी नागरिकको प्रवेशमा निकै कडाइ गरेको छ ।
इटालीमा शैक्षिक संस्था बन्द
कोभिड–१९ संक्रमणले युरोपमा सबैभन्दा प्रभावित इटालीले सबै विद्यालय तथा विश्वविद्यालय बन्द गरेको छ । शिक्षामन्त्री लुसिया एज्जोलिनाले बिहीबारबाट कम्तीमा मार्च १५ सम्म सबै विद्यालय र विश्वविद्यालय बन्द रहने जानकारी दिएकी हुन् । कोभिड–१९संक्रमणका कारण इटालीमा हालसम्म १ सय ४८ जनाको मृत्यु भएको र संक्रमितको संख्या ३ हजार ८ सय ५८ पुगेको नागरिक संरक्षणसम्बन्धी निकायले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २८ जनाको कोभिड–१९ ले मृत्यु भएको र मृत्युदर ३.५ प्रतिशत रहेको उक्त निकायले उल्लेख गरेको छ ।
इरानमा मृत्यु हुने संख्या १०८
इरानमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरका अनुसार संक्रमितको संख्या ३ हजार ५ सय १३पुगेको छ । इरानमा पनि मार्च २० सम्म सबै विद्यालय र विश्वविद्यालय बन्द गरिएका छन् ।
स्विजरल्यान्ड र बेलायतमा एक/एक जनाको मृत्यु
कोभिड-१९ को संक्रमणबाट स्विजरल्यान्डमा पनि एक जनाको मृत्यु भएको छ । स्विजरल्यान्डका स्वास्थ्य अधिकारीहरुका अनुसार बिहीबार ७४ वर्षीय एक महिलाको भाइरसको संक्रमणबाट मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्नागरिएको थियो । ती महिला हालसालै इटाली घुम्न गएको हुँदा त्यतै ‌संक्रमण भएको आशंका गरिएको छ । शुक्रबार बिहानसम्म स्विजरल्यान्डमा १२० जनामा संक्रमण देखिएको छ ।
त्यस्तै बेलायतमा पनि बिहीबार एक जना महिलाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ । बेलायती स्वास्थ्य अधिकारीहरुका अनुसार ७० वर्षीय ती महिलालाई बुधबार अस्पताल भर्ना गरिएको थियो । बेलायतमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ११६ पुगेको छ ।
दक्षिण अफ्रिकामा पहिलो संक्रमित
दक्षिण अफ्रिकाले बिहीबार कोभिड–१९ को पहिलो संक्रमित पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इटाली भ्रमणबाट फर्किर्एका एक व्यक्तिमा भाइरस संक्रमण पाइएकोहो । ‘श्रीमतीसँगै इटालीबाट फर्किएका एक ३८ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । मार्च १ मा१० जना टोलीसहित उनीहरू दक्षिण अफ्रिका आएका थिए,’ स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । ‘डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस९कोभिड–१९०बाट हालसम्म विश्वभर ३ हजार २ सय जनाको मृत्यु भएको छ । ९५ हजार ३ सय जना संक्रमित भइसकेका छन्, जसमध्ये ५३ हजारभन्दा बढी निको भएका छन् ।
३३८५ को मृत्यु, ९८हजार बढी संक्रमित
डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ । त्यस्तै शुक्रबार बिहानसम्म विश्‍वका ८० भन्दाबढी देशमा फैलिएको कोभि८-१९ बाट ९८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
चीनमा मात्रै ३ हजार ४२ जनाको मृत्यु भएको छ । चीनमा ८० हजार ५ सय ५२ जना संक्रमित भएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार चीनमा ५३हजारभन्दा बढी निको भएका छन् ।
त्यस्तै जापानमा १२, फ्रान्समा ७, स्पेनमा र इराकमा ३-३, हङकङ र अस्ट्रेलियामा २-२ तथा, ताइवान, थाइल्यान्ड, सान मारिनो र फिलिपिन्समा पनि १-१ जनाको मृत्यु भएको छ ।