Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कोरानाको कारण दीपिकादेखि बरुण सम्मको कार्यक्रम प्रभावित, सन्नीद्वारा सेल्फी लिन अस्वीकार

Thursday, March 5, 2020 National Power

मुम्बई –  कोरोना भाइरसको त्रास विश्वमा दिन प्रतिदिन बढ्दो छ । यो भाइरसबाट ३ हजार बढीको ज्यान गइसकेको छ । यसैगरी यो भाइरस भारतमा पनि देखिएको छ भने बलिउड सेलिब्रेटीमा पनि त्रास देखिएको छ । त्यसकारण पनि केही सेलिब्रेटीले आफ्नो पूर्व निर्धारित कार्यक्रम नै परिवर्तन गरेका छन् ।

दीपिका पादुकोण
कोरोनाका कारण बलिउड अभिनेत्री दीपिका पादुकोणले पेरिस फेसन वीकको यात्रा रद्द गरेकी छन् । उनका सल्लाकारले उनलाई अहिलेको अवस्थामा फ्रान्स नजान नहुने सल्लाह दिएका थिए ।

वरुण धवन
अभिनेता बरुण धवनको नताशा दलालसँगको बिवाहको खबर लामो समयदेखि मिडियामा छाएकै बिषय हो । यी जोडीले थाइल्याण्डमा बिवाह गर्ने योजना बनाएका थिए । तर थाइल्यान्डमा कोरोना पिडित भेटिएको कारण उनीहरुले बिवाह योजना बदलेका छन् । जसको लागि स्थानको खोजी भइरहेको छ ।

सन्नी लियोनी
सन्नी लियोनीको हालसालै एक भिडियो भाइरल भएको थियो । जुन भिडियोमा उनी फ्यानको साथ सेल्फी लिन अस्वीकार गरेको देख्न सकिन्थ्यो । मानिसले उनको यो क्रियाकलापलाई ट्रोल समेत बनाएका थिए । तर, सन्नीले केही समयपछि भनिन् ‘म र मेरो परिवारलाई कोरोनाबाट सुरक्षित राख्न चाहन्छु । त्यसैले सावधानी अपनाएको हो ।’

शोभिता धुलिपाला
कोरोनाको कारण शोभिता धुलिपालाको फिल्म ‘सितारा’को सुटिङ रोकिएको छ । निर्माण युनिटले फिल्मको सुटिङ रोकेको हो । फिल्मको सुटिङ १२ तारिकबाट सुरु हुँदै थियो ।