Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सीमामा कडाइ गर्ने

Thursday, March 5, 2020 National Power

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाइ गर्ने भएको छ । कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क बढाउने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बसेको बैठकमा सहभागी उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्री, सुरक्षा निकाय प्रमुुखहरु ।

चीनबाट फैलिएको कोभिड–१९ विश्वभर देखिन थालेको र खुल्ला सिमाना भएको छिमेकी मुलुकमा समेत देखिएकोले विमानस्थल र सीमामा सरकारले सुरक्षा बढाउन लागेको हो । त्यस्तै सीमामा आवगमन कम गर्ने, निकासी नियन्त्रण गर्ने, मास्क र औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधि तथा अत्यावश्यक सामग्री आयात गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै समितिका संयाजकसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारत सरकारले अत्यावश्यक औषधिको माग गरेमा नेपाल सरकारलाई आपूर्ति गर्ने खबर पठाएको भन्दै औषधि अभावको समस्या नहुने बताउनुभयो । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरी छिटोभन्दा छिटो मास्कको उत्पादन बढाउने निर्णय भएको समेत उनले बताए ।

बैठकले स्वास्थ्य परीक्षणलाई सहज बनाउन स्वास्थ्य मन्त्रायलाई निर्देशन समेत दिएको छ । त्यस्तै विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कोरोना संक्रमण छिटो हुन सक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । कोभिड–१९ नियन्त्रण र रोकथामका लागि विश्व बैंकबाट सहायता लिने संक्रमित मुलुकहरुमा स्वास्थ्य सचेतनासम्बन्धी काम गर्ने, प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्नेलगायतका निर्णय समेत बैठकले गरेको छ ।