Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’बाट सिताराम पोखरेल सम्मानित

Sunday, January 5, 2020 National Power

काठमाडौं – ‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’बाट गायक सिताराम पोखरेल सम्मानित भएका छन् । वल्र्ड वाइड मिडिया इन्टरनेशनलद्वारा हालै थाइल्याण्डमा आयोजित अवार्ड कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा थाइल्याण्डमा प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, आयोजक संस्थताका सभापति आरके श्रेष्ठलगायतले पोखरेलाई खादा तथा सम्मान पत्रद्वारा सम्मानित गरेका थिए । नेपाली गीत सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनिय योगदान पुर्याएका पोखरेलको उक्त योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

बिगत तीन दशकदेखि गायनमा सक्रिय पोखरेलका दजनौ गीत सङ्गीत दर्शकरस्रोतामाझ लोकप्रिय छन् । उनका गीतसङ्गीतमा नेपालका कलासंस्कृतिका अलवा नेपालीपन समेत रहने गर्दछ । दुईसयको हाराहारीमा सुमधुर गीतमा आफ्नो आवाज भरिसकेका सीतारामले निरन्तर सङ्गीत साधनामा नै लागेर देश र देशबाहिर चर्चा कमाएका छन् । देश-विदेशबाट सयौं मान-सम्मान पाएका पोखरेल राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मानलगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाइसकेका छन् ।