Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

राजेशपायलले किन गरे अवार्ड नलिने घोषणा

Thursday, November 28, 2019 National Power

गायक राजेश पायल राइको घरमा केही महिना अगाडि आगालागी हुँदा उनले प्राप्त गरेका सबै अवार्डहरु जलेर नष्ट भए । यसपछि पनि राजेशले केही अवार्डहरु प्राप्त गरेका छन् । तर, राजेशले अब उप्रान्त अवार्ड नलिने घोषणा गरेका छन् । उनले, राज्यस्तरबाट दिने वा अन्तरराष्ट्रिय मान्यताप्राप्त अवार्डहरुबाहेक निजी वा व्यक्तिगत रुपमा प्रदान गरिने अवार्ड नलिने उल्लेख गरेका छन् । सामाजिक संजालमा स्टाटस कोर्दै राइले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्–‘हामी कलाकारहरुका लागि दर्शक तथा श्रोताहरुको माया, सद्भावले विशेष महत्व राख्दछ । नयाँ कलाकारहरुलाई प्रेरित गर्न पनि हामीले उनीहरुका लागि बाटो छाडिदिनुपर्छ भने अवार्डहरुको गरिमा तथा महत्व पनि कायम रहनुपर्दछ ।’

उनले अवार्डले आफ्नो करिअरमा महत्वपूर्ण भूमिका निर्वाहा गरेको पनि उल्लेख गरेका छन् । उनले ‘लाइफ टाइम एचिभमेन्ट र सम्मान’ भने ग्रहण गर्ने लेखेका छन् । चलचित्र, आधुनिक, पप, लोक लगायतका गीत गाएर राइले सय भन्दा बढी अवार्ड र सम्मान प्राप्त गरिसकेका छन् ।