Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

‘गुनासो’ र ‘गोधुली’ विमोचन

Saturday, October 26, 2019 National Power

दाङ – दाङको घोराहीमा शुक्रबार दुई वटा आधुनिक गीति संग्रह विमोचन भएका छन् । कला, साहित्य र संगीतको क्षेत्रमा काम गर्दै आएको उदाहरण समूह, नेपालको आयोजनामा दुई वटा आधुनिक गीति संग्रह विमोचन भएका छन् ।

घोराहीमा बिहान ११ बजे ‘गुनासो’ र ‘गोधुली’को विमोचन कार्यक्रम भएको उदाहरण समूह, नेपालले जनाएको छ । दंगाली श्रष्टाहरू गीतकार प्रकाश केसी, संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा मोडेल शरद समिपको स्वरमा रहेका दुई वटा गीति संग्रह ‘गुनासो’ र ‘गोधुली’को विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली आधुनिक संगीतको क्षेत्रमा चर्चित गीतकार प्रकाश केसीको एकल शब्द, गायक शरद समिपको एकल गायन र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा दुई वटा गीति संग्रह गुनासो र गोधुलीमा नेपाली समाजको चित्र, प्रेम र सामाजिक विषय बस्तुको कथाहरु समेटिएको गायक समिपले बताए । कार्यक्रममा जिल्लाका साहित्यकार, कलाकार, पत्रकार लगायतकाको सहभागिता रहेको थियो ।