Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गायिका अन्जना गुरुङको तिजको लहर

Wednesday, July 31, 2019 National Power

काठमाण्डौ- लोकप्रिय गायिका अन्जना गुरुङले पहिलो पटक आफ्नो तिज गीतको कोसेली “तिजको लहर” को भर्खरै रेकर्डिङ्ग कार्य सम्पन्न गरेकी छिन् ।

अन्जनाले यसभन्दा अघि अन्य संग्रहका लागि दर्जनौं तिजको गीत अन्जनाले भने नगाएकि हैनन् तर आफ्नो संग्रहका लागि भने यो पहिलो हो, नेपाली संगीत आकाशमा सयौं लोकप्रिय गीतहरुबाट आफ्नो मखमली स्वर भरि सकेकी गायिका अन्जना भने आफ्नो यो नयाँ तिजको गीतबाट पनि उनि निकै उत्साहित भएकी छिन् आफ्नो तर्फबाट पनि तिजको कोसेली ल्याउन पाउँदा आफु खुसी भएको जानकारी हामीलाई गराईन ।

शब्द संगीत राजकुमार बगरको रहेको छ भने, यस गीतमा मोडलमा भने आफ्नै छोरी अपेक्षा सिंहले खेल्दै छिन् र म्युजिक भिडियो स्मृति तिमिल्सिनाको निर्देशनमा हुन गैरहेको यस तिजको भिडियो भने श्रावणको तेश्रो साता देखि बजारमा आउने जानकारी गायिका अन्जानाले गराईन ।