Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

आमिरसँग अक्षयको भिडन्त

Tuesday, July 30, 2019 National Power

बलिउड नायक आमिर खान गतबर्षको असफल चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’का कारण गम्भिर छन् । तिहारमा रिलिज भएको चलचित्र नचल्दा आमिरले लामै समय ब्रेक लिएर नयाँ चलचित्र घोषणा गरे । उनले घोषणा गरेको नयाँ चलचित्रको नाम, ‘लाल सिंह चड्डा’ हो । यो चलचित्रका लागि आमिरको गेटअप समेत बदलिएको छ । यो चलचित्रमा नायिका करिना कपुर पनि फाइनल भैसकेकी छिन् । यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ । तर, अब भने आमिरले क्रिसमसमा सोलो रिलिजको अवसर नपाउने भएका छन् ।

यो मितिमा नायक अक्षय कुमारको मुख्य भूमिका रहने चलचित्र ‘बच्चन पाण्डे’ रिलिज हुने भएको छ । यो चलचित्रको फस्टलुक सहित प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई फरहाद साम्जीले निर्देशन गर्दैछन् । ‘बच्चन पाण्डे’ एक्सन चलचित्र हो । क्रिसमसमा लक्की मानिदै आएका आमिरलाई यसपटक भने अक्षयले ठूलै चुनौती दिने विश्लेषण गरिएको छ ।