Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चार अर्ब बढी लगानी किन गरियो ?

Saturday, July 27, 2019 National Power

बाहुबली श्रृंखलाका दुई फिल्मको ऐतिहासिक सफलतापछि दक्षिण भारतीय स्टार प्रभासको हिन्दी भाषी दर्शकमाझ पनि राम्रो फ्यान फलोइङ छ । प्रभासको नामबाट उनी चिनिए पनि नचिनिए पनि बाहुबलीको नामले भने उनलाई बालबालिकादेखि वृद्ध-वृद्धासम्मले चिन्छन् । उनै प्रभासले अभिनय गरेको हिन्दी फिल्म साहो अगष्ट ३० का दिनदेखि प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दी, तमिल तथा तेलुगु भाषामा निमर्ँण गरिएको छ । फिल्मको हिन्दी भाषाको डविङ प्रभास आफैंले गरेका छन् ।

यही फिल्ममा अभिनेत्री श्रद्धा कपूर पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत भएकी छिन् । श्रद्धाले प्रभाससंगै अभिनय गर्न पाएको अवसरलाई उनका समकालिन अभिनेत्रीहरुले इष्र्याको रुपमा हेर्न थालेको समेत एउटा समाचार उल्लेख गरिएको छ । ठूलो बजेटको फिल्ममा प्रभास जस्ता सुपरस्टारसँग अभिनय गर्न पाउनुलाई धेरै श्रद्धाको भाग्यको रुपमा हेरेका छन् । फिल्मको टीजरमा उनी निकै सुन्दर देखिएकी छिन् । केही दिनअघि सार्वजनिक भएको फिल्मको टीजरले दर्शकको मन जितिरहेको छ । तीनै वटा भाषाको उक्त टीजरले हालसम्म ८० मिलियन भन्दा बढि भ्यूज पाइसकेको छ ।

टीजरबाटै के अनुमान लगाउन सकिन्छ भने यो फिल्म निर्माणमा निर्माताले पानी बगाए झैं पैसा लगाएका छन् । यो फिल्मको बजेट हामीले अनुमान गरे भन्दा धेरै बढि पुगेको बताइन्छ । फिल्मको सम्पूर्ण कार्य सम्पन्न हुँदा यसको बजेट ३ सय करोड भारतीय रुपैयाँ ९४ अर्ब ८० करोड रुपैयाँ० पुगेको छ । दुबईको बुर्ज खलीफाको छेउमा छायांकन गरिएको फिल्मको एउटा एक्सन सिनमै मात्र झण्डै २५ करोड भारु खर्च गरिएको बताइन्छ । यति बजेटमा त बलिउडका अर्का अभिनेता राजकुमार रावलाई लिएर एउटा फिल्म नै निर्माण गर्न सकिने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

अहिले क जिज्ञासा उठिरहेको छ भने ३ सय करोड भारु लगानी गरिएको फिल्मले आफ्नो लगानी चाहिं कसरी सुरक्षित गर्ला रु निर्माताहरुले केही न केही योजना त पक्कै बनाएका होलान् । त्यसो त बाहुबली अर्थात प्रभासमा कतिसम्म क्षमता छ भने उनी बक्स अफिसमा जस्तोसुकै धमाका मच्चान समेत सफल मानिने छन् ।