Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

सञ्चारकर्मी गीता अधिकारी ‘तीजैमा ब्रत बसी’ भन्दै बजारमा

Monday, July 22, 2019 National Power

काठमाडौं-गत वर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो‘’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी‘’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी‘’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका पुजना प्रधान, सारिका र गीता लगायतका कलाकारको अभिनय रहेको तीज गीत ‘तीजैमा ब्रत बसी’को भिडियोलाई गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता र नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी, किर्तिमानी गीतकार डा। डीआर उपाध्याय, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीताकार तथा सञ्चारकर्मी शान्तिपृय, गायक सिताराम पोखरेल, सङ्गीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगायतको आतिथ्यतामा सार्वजनिक गरिएको थियो ।

गीत सार्वजनिक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अतिथिहरुले गीत मौलिक तीज गीत रहेको र गीतको भिडियो पनि उत्कृष्ट रहेको बताएका थिए । नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन तथा एरेन्ज, एचवीन किस्मतको अडियो मिक्सिङ रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका छन् । रामसिंह भाटको उपसम्पादन रहेको भिडियोमा सञ्जु ढकालको श्रृङ्गार रहेको छ ।

‘हामीले गत वर्ष सन्देश मुलक तीज गीत स्रोतारदर्शकमाझ पस्केका थियौ, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौ भन्ने खालको तीज गीत लिएर आएकी छु, सबैले मनपराई दिनुहुन्छ भन्ने आशावादी छु’, गीताले भनिन् । ‘एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोशिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, पक्कै पनि सबैले मन पराइदिनुहुन्छ भन्ने लाग्छ’ नायिका पुजनाले भनिन् ।

‘गत वर्ष भन्दा अलिक फरक खालको गीत लिएर आएका छौ’ भन्दै गायिका सारिका घिमिरेले ‘यो तीज गीत छम छम नाच्ने खालको बनेको बताइन । ‘तीजका गीत प्रायः सबै उस्तै उस्तै नै हुन्छन् हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौ,’ निर्देशक नारायण रिजालले भने । ड्रेस शिव कैलास कला मन्दिरको रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गरेको हो । गीत ओएसआर डिजिटलको युट्युव च्यानलबाट आएको छ ।