Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बिहेका लागि केटा नै पाएकी छैनँ:कट्रिना

Thursday, July 18, 2019 National Power

बलिउड नायिका कट्रिना कैफले आफ्नो ३६ औँ जन्मदिन धुमधामसँग मनाइन् । उमेरको हिसाब गर्ने हो भने उनको बिबाह गर्ने समय बितिसकेको छ । तर, पनि उनले बिबाहको कुनै पनि तयारी गरेकी छैनन् । उनी अहिले आफू कसैको प्रेममा पनि नरहेको बताउँदै आएकी छिन् ।

यस्तैमा कट्रिनालाई पत्रकारले बिबाहको विषयमा प्रश्न गरेका छन् । ‘तपाईको समकालीन दीपिका पादुकोण, सोनम कपुर, अनुष्का शर्मा र प्रियंका चोपडाले बिबाह गरिसक्नु भयो । अब तपाईको पनि पालो आएन र ? ’ यो प्रश्नको जवाफमा कट्रिनाले भनिन्–‘हो सबैले बिबाह गरिसक्नु भएको छ । तर, मेरो लागि त जोडी नै भेटिएको छैन । कोसँग बिबाह गर्ने ? ’

कट्रिना आफूलाई पनि बिबाह गर्न मन लागेको बताउँछिन् । यदि आफूलाई माया गर्ने श्रीमान् पाएको खण्डमा चलचित्र क्षेत्र नै छोड्न पनि तयार रहेको उनको भनाई छ । उनले अगाडि भनिन्–‘यदि कसैले मलाई वास्तविक प्रेम गर्छ भने म उसको लागि बलिउड छोड्न तयार छु । हरेक महिलालाई जस्तै मलाई पनि आमा बन्ने रहर छ । म घरमा नै बसेर बच्चा हुर्काउने छु ।’

करिअरको सुरुवाती दिनमा कट्रिनाको नाम नायक सलमान खानसँग जोडिएको थियो । तर, उनीहरुले यो कुरालाई स्विकार गरेका थिएनन् । पछि कट्रिना र नायक रणवीर कपुर प्रेममा थिए । आपसी असमझदारीका कारण उनीहरु अलग भैसकेका छन् । अहिले पुन कट्रिनाको नाम सलमानसँग जोड्न थालिएको छ ।