Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

मलाइका भन्छिन्–‘४० बर्ष कटेपछि मात्र महिलालाई सफलता मिल्छ’

Thursday, July 18, 2019 National Power

नायिका मलाइका अरोरा खानको वुझाई छ कि, ४० बर्ष कटेपछि मात्र कुनै पनि महिलाले सफलता हात पार्छन् । मलाइकाले एक भारतीय पत्रिकासँग कुरा गर्दै भनेकी छिन्–‘मलाई लाग्छ कि, कुनै पनि महिलाले ४० बर्षको उमेरपछि मात्र सफलता हात पार्छन् । यो यस्तो उमेर हो, जहाँ पुगेपछि कुनै पनि मानिसले आफ्नो फैसला विना रोकावट आफै गर्न सक्छ ।’

मलाइकाले यसपटक आफूले ‘दबंग ३’मा आइटम नृत्य समेत नगर्ने बताएकी छिन् । मलाइकाले भनिन्–‘म यसपटक यो चलचित्रमा देखिनेछैन । यो पटक चलचित्रमा पुराना कलाकार देखिने छैनन् । तर, म शुभकामना दिन चाहन्छु कि यो चलचित्रसँग आवद्ध सबैलाई सफलता मिलोस् ।’

मलाइकाले आफ्नो प्रोडक्शन हाउसको माध्यमबाट नयाँ नयाँ शोजहरु बनाउन चाहेको समेत खुलाएकी छिन् । उनले, आफूलाई निकै फरक फरक प्रकारका उपायहरु पनि प्राप्त भएको खुलाइन् ।