Saturday 5th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

छवी – शिल्पा घर झगडाको वास्तविक रहस्य खुल्यो (शिल्पालाई पठाए यस्तो भिडियो)

Monday, July 15, 2019 National Power

काठमाडौं –‘बाघ’ निर्माताको ‘छवी’ बनाएका निर्माता छवी ओझाको छवी यतिवेला धमिलिन पुगेको छ । निर्माता ओझाको छवी फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो । यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ ।

नायिका समेत रहेकी शील्पा पोखरेलसँग करिब ३ बर्षअघि लगन गाँठो कसेका छवीको वैवाहिक सम्बन्धमा यतिवेला दरार उत्पन्न भएको छ । केही दिन अघि नायिका तथा छवीकी चौथी श्रीमतीको रुपमा भित्रिएकी शील्पाले प्रहरीमा श्रीमान छवीबाट ज्यान जोगाई पाउँ भन्दै प्रहरीमा उजुरी दिएपछि घटना सतहमा सार्वजनिक भएको हो । यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शील्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् । यद्यपि, मिलापत्र भए पनि छवी र शील्पा यतिवेला सँगै छैनन् । उनीहरु अलग अलग बस्दै आएका छन् । हिँजो ९आइतबार० उनीहरुको वैवाहिक जीवनको तीन बर्षे बर्षगाँठ समेत थियो । तै पनि उनीहरुले सँगै वैवाहिक बर्षगाँठ मनाउन पाएनन् ।

छवीको कार्यालयमा उनी एक्लै टोलाएर बसेका थिए । उनीमा कुनै उमंग देखिएको थिएन । देखिउस पनि कसरी रु जीवन सँगै विताउने भनेर भित्र्याएकी जीवनसंगीनी वैवाहिक वर्षगाँठकै दिन उनीसँग थिईनन् । कुरा गर्दै जाने क्रममा छवीले भावुक हुँदै आफ्ना तीनवटै वैवाहिक जीवनका सुरुवात तथा समाप्तीको केस्रा केस्रा केलाए । उनी वास्तवमा यसअघिका कुनै श्रीमती तथा अहिले उनलाई नै उजुरी गरेर अलग बस्दै आएकी शिल्पाको बारेमा कुनै नकारात्मक देखिएनन् ।

उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तो सँुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए । छवीले अब अर्को कुनै घरबार जोड्ने प्रयासमा नलाग्ने र शिल्पाले आफूलाई छोडे एक्लै जीवन विताउने सोंचमा रहेको बताए । तर, आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेोमा भने उनले निकै दुःख व्यक्त गरे ।