Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

यसपालीको तीजमा छम छम नाच भन्दै छिन पत्रकार गीता अधिकारी

Sunday, July 14, 2019 National Power

काठमाडौं – गत वर्षको तीजमा सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपालीको तीज गीतमा तीजमा छम छम नाच्न भन्दै आउने भएकी छन् । गीताको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘‘आउ नाचौ सङ्गी हो।।।’को भिडियो छायाँकन गरिएको छ । योगेश काजीको सङ्गीत रहेको गीतको भिडियोलाई शुक्रबार राजधानीमा छायाँकन गरिएको हो ।

नारायण रिजालको निर्देशन रहेको गीतको भिडियोलाई वीपेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका छन् । गीतको भिडियोमा नायिका पुजना प्रधानले कम्मर मर्काएकी छन् भने गायिका तथा नायिका सारिका घिमिरे र गीता अधिकारीलगायत अन्य कलाकारले पनि नृत्य गरेका छन् ।

‘हामीले गत वर्ष सन्देश मुलक तीज गीत स्रोतारदर्शकमाझ पस्केका थियौ, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौ भन्ने खालको तीज गीत लिएर आउँदै छु, यसको भिडियो छिट्टै दर्शकमाझ आउँदै छ’, गीताले भनिन् । एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोशिस रहेको छ, म यसमा खुलेर नृत्य गरेकी छु, हेरौ कस्तो हुन्छ, गीतको भिडियो आएपछि थाह पाइहाल्नुहुन्छ नी’ नायिका पुजनाले भनिन् ।

‘गत वर्ष भन्दा अलिक फरक खालको गीत लिएर आउँदै छौ’ भन्दै गायिका सारिका घिमिरेले ‘यो तीज गीत छम छम नाच्ने खालको बनाउन लागेको बताइन ।तीजका गीत प्रायः सबै उस्तै उस्तै नै हुन्छन् हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौ, निर्देशक नारायण रिजालले भने । मेकअप सञ्जु ढकालको रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गर्दै छ ।