Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

करिश्मा भन्छिन्–‘महंगो कलेजबाट अफर आयो, तर सरकारी क्याम्पस नै पढ्छु’

Saturday, June 29, 2019 National Power

केही दिन अगाडि चलचित्र ‘जात्रै जात्रा’ हेर्नका लागि काठमाण्डौको कुमारी हल पुगेका समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराइले नायिका करिश्मा मानन्धर २ बर्षदेखि राजनीति र पार्टीमा सक्रिय नभएको बताएका थिए । उनले भनेका थिए–‘उहाँलाई हामीले छुट्टी दिएका हौं । उहाँ एउटा राम्रो कलाकार हो । २ बर्षदेखि उहाँ राजनीतिमा सक्रिय हुनु भएको थिएन । उहाँले १२ कक्षासम्म पढ्छु भन्नु भएको छ । यसैले एक प्रकारले भन्नुपर्दा उहाँलाई छुट्टी दिइएको हो ।’ नायिका करिश्मा मानन्धरले भने पार्टीमा उचित स्थान नभएकाले राजनीतिमा सक्रिय रुपमा नलागेको बताउँदै आएकी थिइन् । उनै, करिश्मा बिहिबार सार्वजनिक भएको एसईईमा बी प्लस ल्याएर उत्तिर्ण भइन् ।

आज आफूले अध्ययन गरेको त्रिवेणी सामुदायिक विद्यालयमा खुशी साट्न पुगेकी नायिका मानन्धरले डाक्टर भट्टराइसँग सम्बन्ध बिगारेको कुरालाई अस्विकार गरिन् । तर, उनले भनिन्–‘सही कुरा सही ठाउँमा हुनुपर्छ । सही कुरा गलत ठाउँमा भयो त्यसको महत्व हुँदैन ।’ उनले असम्भव भन्ने कुरा केही पनि नभएकाले पनि आफूले फेरि राजनीति गर्ने कुरालाई नकार्न नमिल्ने बताइन् ।

एसईईमा ‘बी प्लस’ आएपछि करिश्माले भनिन्–‘म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु’
नायिका मानन्धरले आफू घर नजिकैको सरकारी कलेजमा पढ्ने बताउँदै आएकी छिन् । सरकारी स्कुल र कलेजमा गरिबका छोराछोरी मात्र पढ्छन् भन्ने मानसिकता भएको भन्दै यसलाई चिर्न पनि आफूले सरकारी कलेज रोजेको उनले बताइन् । उनलाई, अध्ययनका लागि गोल्डेन गेटका शिक्षक घरमै भेट्न पनि पुगेका थिए । तर, उनले सरकारी कलेज नै पढ्ने अडान राखेकी छिन् । उनले आफूले व्यवस्थापन नै पढ्ने सोच बनाएको र आफ्नो लागि यही नै ठिक भएको पनि स्पष्ट पारेकी छिन् ।