Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

करिश्मा भन्छिन्–‘महंगो कलेजबाट अफर आयो, तर सरकारी क्याम्पस नै पढ्छु’

Saturday, June 29, 2019 National Power

केही दिन अगाडि चलचित्र ‘जात्रै जात्रा’ हेर्नका लागि काठमाण्डौको कुमारी हल पुगेका समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराइले नायिका करिश्मा मानन्धर २ बर्षदेखि राजनीति र पार्टीमा सक्रिय नभएको बताएका थिए । उनले भनेका थिए–‘उहाँलाई हामीले छुट्टी दिएका हौं । उहाँ एउटा राम्रो कलाकार हो । २ बर्षदेखि उहाँ राजनीतिमा सक्रिय हुनु भएको थिएन । उहाँले १२ कक्षासम्म पढ्छु भन्नु भएको छ । यसैले एक प्रकारले भन्नुपर्दा उहाँलाई छुट्टी दिइएको हो ।’ नायिका करिश्मा मानन्धरले भने पार्टीमा उचित स्थान नभएकाले राजनीतिमा सक्रिय रुपमा नलागेको बताउँदै आएकी थिइन् । उनै, करिश्मा बिहिबार सार्वजनिक भएको एसईईमा बी प्लस ल्याएर उत्तिर्ण भइन् ।

आज आफूले अध्ययन गरेको त्रिवेणी सामुदायिक विद्यालयमा खुशी साट्न पुगेकी नायिका मानन्धरले डाक्टर भट्टराइसँग सम्बन्ध बिगारेको कुरालाई अस्विकार गरिन् । तर, उनले भनिन्–‘सही कुरा सही ठाउँमा हुनुपर्छ । सही कुरा गलत ठाउँमा भयो त्यसको महत्व हुँदैन ।’ उनले असम्भव भन्ने कुरा केही पनि नभएकाले पनि आफूले फेरि राजनीति गर्ने कुरालाई नकार्न नमिल्ने बताइन् ।

एसईईमा ‘बी प्लस’ आएपछि करिश्माले भनिन्–‘म खुशी छु, अब म्यानेजमेन्ट पढ्छु’
नायिका मानन्धरले आफू घर नजिकैको सरकारी कलेजमा पढ्ने बताउँदै आएकी छिन् । सरकारी स्कुल र कलेजमा गरिबका छोराछोरी मात्र पढ्छन् भन्ने मानसिकता भएको भन्दै यसलाई चिर्न पनि आफूले सरकारी कलेज रोजेको उनले बताइन् । उनलाई, अध्ययनका लागि गोल्डेन गेटका शिक्षक घरमै भेट्न पनि पुगेका थिए । तर, उनले सरकारी कलेज नै पढ्ने अडान राखेकी छिन् । उनले आफूले व्यवस्थापन नै पढ्ने सोच बनाएको र आफ्नो लागि यही नै ठिक भएको पनि स्पष्ट पारेकी छिन् ।