Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चौथो ‘लैबरी सिङगिङ स्टार’ को अडिसन सुरु

Monday, June 24, 2019 National Power

‘नेपाल आइडल’ को सुरुवात भएसँगै नेपालमा गायन रियालिटी शो च्याउझैँ उम्रिएका छन् । तर, एकाधबाहेक कसैले लोकप्रियता हासिल गर्न सकेका छैनन् । ‘नेपाल आइडल’ पछि दर्शकमा राम्रो क्रेज बनाउन सफल रियालिटी शोमा पर्दछ( ‘द भ्वाइस’ । यो भीडमा आफूलाई अलग रुपमा स्थापित गरेको एक अर्को गायन रियालिटी शो हो,‘लैबरी सिङगिङ स्टार’ ।

यसको तीन सिजनले राम्रै लोकप्रियता हासिल गर्‍यो । ‘लैबरी सिङगिङ स्टार’ को स्टेज सजावटले धेरैलाई आकर्षित गरेको थियो । चाँडै एनटिभी प्लसबाट यसको चौथो सिजन प्रशारण हुँदैछ । अहिले अडिसन चलिरहेको छ । विद्यार्थी लक्षित यस गायन प्रतियोगिताको पहिलो अडिसन जेष्ठ १८ गते काठमाडौंमा भएको छ । भने, नुवाकोट र धादिङमा पनि अडिसन सम्पन्न भइसकेको छ ।

चितवनमा असार २८ र सोलुखुम्बुमा असार १४ गते अडिसन हुने मिति तय भएको आयोजक टिमबाट जानकारी प्राप्त छ । सनसाइन प्रोडक्शन हाउसको आयोजनामा हुन लागेको यस प्रतियोगिताका लागि विभिन्न दश शहरमा अडिसन हुनेछ । बाँकी शहरमा अडिसन हुने मिति केही दिनमा सार्वजनिक गरिने प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन् ।

बालबालिकाको गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास बिकासका लागि ‘लैबरी सिङगिङ स्टार’ को सुरुवात गरिएको प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला बताउँछिन् । बाल–बालिका केन्द्रीत रियालिटी शो खासै नहुने देखेर यस प्रतियोगिता सुरु गरेको गायिका समेत रहेकी तामाङको भनाई छ । अघिल्लो सिजनभन्दा चौथो सिजन अझ स्तरिय र उत्कृष्ट बनाउने उनको दाबी छ ।

‘लैबरी सिङगिङ स्टार’ सिजन ४ मा गायक नारायण लामा, लोकप्रिय गायक राज सिग्देल र गायिका प्रमिला तामाङ प्रमुख निर्णायकको रुपमा रहेका छन् । अघिल्लो सिजनमा गायक सिग्देल निर्णायकमा थिएनन् । उनले ‘लैबरी सिङगिङ स्टार’ को उद्येश्यबाट प्रभावित भएका कारण आबद्ध भएको बताए । यस प्रतियोगितामा विजेता हुनेले नगद २ लाख प्राप्त गर्नेछन् ।