Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

इटहरी उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा पत्रकार सहभागि नहुने भिडियो सहित

Friday, June 7, 2019 National Power

शिव भट्टराई , इटहरी-नेपाल पत्रकार महासंघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागि नहुने जनाएको छ । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीका गतिविधिले पत्रकार असुरक्षित भएको भन्दै उपमहानगरका गतिविधिमा सहभागि नहुने निर्णय गरेको वुधबार साँझ इटहरीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो ।
महासंघ सुनसरी अध्यक्ष अमर खड्काले पत्रकार विराट अनुपमलाई दिएको धम्कीले महासंघको गम्भिर ध्यानाकर्षण भएको बताए । अध्यक्ष खड्काले मेयर चौधरीको अभिव्यक्तिले सिङ्गो पत्रकारिता क्षेत्र र पत्रकारहरु असुरक्षित भएकोले असुरक्षाकै कारण इटहरी उपमहानगरका गतिविधिमा सहभागि हुन नसक्ने वातावरण बनेको बताए । उनले भने–‘सुरक्षाको ग्यारेन्टी नभएसम्म इटहरी उपमहानगर जान सकिंदैन ।’ साथै महासंघ सुनसरीले इटहरी उपमहानगरको प्रेसप्रतिको धारणा स्पष्टताको माग पनि गरेको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्र, प्रदेश, जिल्ला र इटहरी समितिको पनि प्रेस प्रतिको धारणा स्पष्ट हुनु पर्ने माग गरेको छ ।

त्यसैगरी, वुधवार नै सुनसरी जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापनपत्र बुझाउदै सुनसरीका पत्रकारहरुको सुरक्षा गर्न माग गरिएको छ । प्रदेश पत्रकार महासंघका अध्यक्ष विक्रम लुइटेल र महासचिव विवेक गौतमको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो । प्रदेश महासंघ अध्यक्ष विक्रम लुइटेलले इटहरीका मेयरको कार्यशैली विरुद्ध आन्दोलन गर्नु पर्ने अवस्था सिर्जना भएको बताए ।

उनले भने–‘केन्द्रीय समितिबाट आन्दोलन गर्न थाल्न निर्देशन भइसकेको छ, हामी छिट्टै पत्रकार सुरक्षाको लागि आन्दोलनमा उत्रन्छौं ।’ उनले मिडिया मिसन नै बनाएर आन्दोलनमा अघि बढ्ने बताए । सुनसरीका पत्रकारले थाल्ने आन्दोलन समर्थनमा प्रदेश १ का १४ वटै जिल्ला शाखाले ऐक्यबद्धताको तयारी थालिसकेका छन् । अध्यक्ष लुइटेलले महासंघको निर्णय र पत्रकारको सुरक्षामा एकजुट हुनु पर्ने बताएका छन् ।