Monday 30th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट निकाल्यो

Sunday, June 2, 2019 National Power

अमेरिकालाई आफूलाई कालो सूचीमा राखेपछि चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट निकालेको छ। फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार केही साताअघि नै हुवावेको केन्द्रीय कार्यालय सेञ्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट निकालेको हो।

हुवावेका प्रमुख रणनीतिक आर्किटेक्ट दांग वेनसुवानलाई उद्धृत गर्दै उक्त पत्रिकाले रिसर्च एन्ड डेभलपमेन्ट विभागमा कार्यरत थुप्रै अमेरिकी नागरिकलाई दुई साताअघि नै फिर्ता पठाइएको उल्लेख गरेको छ। हुवावेले आफ्ना कर्मचारीलाई अमेरिकीहरूसँग कुनै पनि प्रकारको प्राविधिक बैठक नगर्न निर्देशन पनि दिएको छ।

यसअघि हुवावेका प्रमुख रेन झेङफेईले अमेरिका(चीन व्यापार वार्तामा आफू सहभागी नहुने बताएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशको व्यापार वार्तामा हुवावेलाई समावेश गर्न सकिने बताएपछि रेनले यस्तो प्रतिक्रिया दिएका हुन्।

ब्लुमवर्ग टेलिभिजनलाई दिएको अन्तर्वार्तामा रेनले भनेका छन्(ट्रम्पको त्यो प्रस्ताव आफैंमा ठूलो जोक हो। अमेरिकाले कहिल्यै पनि हाम्रा सामान किनेको छैन। भविष्यमा उसले किन्न चाह्यो भने पनि म उनीहरूलाई सामान बेच्ने छैन। त्यसैले नेगोसियसनको कुनै जरूरी छैन।

उनले ट्रम्पले आफूलाई वार्ताका लागि बोलाए पनि वेवास्ता गरिदिने बताए। ‘उनले मलाई फोन गरे पनि म उठाउदिनँ, हुन त उनीसँग मेरो नम्बर पनि छैन। मैले उनको ट्वीट देखें र हाँसें किनकी उनको भनाइ आफैंमा विरोधाभाषपूर्ण छ,’ रेनले भने।

ट्रम्पले गत बिहीबार अमेरिका(चीनबीचको व्यापार वार्तामा हुवावेको भूमिका हुन सक्ने बताएका थिए। संसारको दोस्रो स्मार्ट फोन निर्माता र नयाँ पुस्ताको फाइभजी नेटवर्क विस्तारमा आक्रामक हुवावेलाई केही समयअघि ट्रम्पले अमेरिकामा प्रतिबन्ध लगाएका थिए। हुवावे राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै उनले अमेरिकी कम्पनीहरूलाई हुवावेसँग कारोबार नगर्न पनि निर्देशन दिएका थिए।

ट्रम्पको निर्देशनअनुसार अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले हुवावेका नयाँ फोनमा जिमेल, गुगल म्याप, युट्युबलगायत सुविधा नदिने बताएको छ भने चलिरहेका फोनमा पनि सफ्टवेयर अपडेट नहुने पारेको छ। अमेरिका र चीन झन्डै ९ महिनादेखि व्यापार युद्धमा छन्। बेइजिङ र वासिङ्टनमा ११ पटकसम्म भएका वार्ता असफल भएपछि पछिल्लो समय दुबैले अर्को देशबाट आयात हुने सामान कर बढाएका छन्।