Friday 2nd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दर्शक श्रोताको हात छ ; गायिका बर्षा सिलवाल

Monday, May 27, 2019 National Power

काभ्रेपलान्चोक – ललितपुर जिल्लाको भट्टेडाडा गाउँपालिकामा जन्मनुभएकि गायिका बर्षा सिलवाल एक चर्चित गायिका हुन । बुबा खिल बहादुर सिलवाल र आमा इन्द्र कुमारीको काँख बाट बर्षा सिलवाल जन्म भएको हो । सानैदेखि गितसङ्गित र समाज सेवा गर्न मन पराउने गायिका सिलवाल गरिब दुखी अशक्त बुडाबुडी साना बच्चाहरुलाई सहयोग गर्न उनको बानी छ । गित गाउन , प्रोग्राममा हिडन , नाटक गर्ने , डान्स गर्ने मन पराउने गायिका आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । सिलवालले एक मिडिया कर्मिको रुपमा पनि नाम कमाई सकेकी छिन । प्रस्तुत छ काभ्रेपलान्चोक बाट प्रकाशि नव क्षितिज साप्ताहिका लागि अरबिन्द्र गौतमले गरेको रमाइलो कुराकानी

० आज भोलि केमा ब्यस्त हुनु हुन्छ ?
आज भोलि म यहीँ गितसङ्गित क्षेत्रमा नै बिजि छु । कहिले शुटिङ्ग कहिले रेकर्डिङ कहिले स्टेज प्रोग्रामहरुमा बिजि छु भने मेरो भर्खरै मात्रै केही दिन अगाडि नयाँ गित ९ माया ० बजार आएको छ सबैले माया गरिदिनुहोस भन्न चाहान्छु र म आज भोलि आफ्नै काम तिर बिजि छु भन्नू पर्छ ।

० सुरुका दिनहरुको बारेमा बताउनुहोस यस क्षेत्रमा कसरी लाग्नु भयो ?
मलाई गित सँगित क्षेत्र सानै देखि मन पर्ने क्षेत्र थियो । मलाई सानो हुँदा लाग्थ्यो म जसरी पनि एक चर्चित गायिका बनेर छोडछु भनेर मैले गित सँगित क्षेत्रमा चासो बदाउदै गए र केही सिकदै पनि गए र २०६४ साल बाट दोहोरी साझको स्टेजमा गित गाउदै गरे पछि बिस्तारै एल्बमहरु बजारमा ल्याए र अहिले धेरै गितहरु निकालिसकेको छु ।

० अहिलेसम्म कति गीत गाउनुभयो ?
मैले अहिलेसम्म लगभग तिनसय जति गित गाइसकेको छु । खासै गन्ती त गर्ने गरेको छैन ।

० कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
म आफ्नै भेगमा चल्ने गित धेरै गाउछु ललितपुर भक्तपुर काठमाडौ सिन्धुपाल्चोक नुवाकोट धाडिङ्ग मकवानपुर आदि जिल्लामाहरुमा चल्ने गित धेरै गायको छु । अरुको गित गाउदा पनि मलाई यस्तै गितहरुको धेरै अफर आउँछ र यिनै जिल्लाहरुमा चल्ने गित धेरै गायको छु ।

० गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म गायन बाट निकै खुशी छु किन कि मलाई मेरो कलाकारिताले नै बचाइराखेको छ त्यसैले म धेरै खुशी छु गायन क्षेत्र बाट अझै सफलतामा पुग्ने कोसिस गर्दै छु ।

० गायनबाटै बाँच्न सकिन्छ ?
दर्शक श्रोताको हातको कुरा हो त्यो चाहिँ दर्शक श्रोताहरुले कतिको माया गर्नु हुन्छ त्यसमा भर पर्छ । हुनत गित सँगित पनि राम्रो हुनु पर्यो दर्शक श्रोताहरुले मन पर्नु पर्यो अनि सबै साथ सहयोग र माया पाइयो भने अबश्य बाँच्न सकिन्छ ।

० कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
प्रेरणा त कसैको पनि छैन म आफ्नै मेहताले गर्दा आज लोक दोहोरी गायिका बर्षा सिलवाल भनेर दर्सक लाई चिनाउन सफल भएको छु ।

० कस्तो गायिका बन्न मन छ ?
कस्तो गायिका बन्न मन छ भन्दा पनि म जस्तो छु त्यस्तो नै बन्न मन लाग्छ त्यसैले म अरु जस्तो बन्छु भन्दा पनि म कसरी म बन्ने भन्ने जस्तो लाग्छ म आफू आफै जस्तो बन्न मन लाग्छ ।

० लोकगीत कस्तो होस् जस्तो लाग्छ ?
लोक गित कस्तो होस जस्तो लाग्छ भने मलाई लोक गितले हाम्रो देश नेपाल हो भनेर चिनाउन सक्ने होस मलाई आफ्नो भेषभुसा देखि लिएर हरेक कुराले यो त लोक गित पो रहेछ भन्ने होस नेपाली टिपिकल ड्रेस होस लोक गितमा बोल्न नसक्ने हरुको आवाज लिएर गित सँगितले बोल्नु पर्छ जस्तो लाग्छ ।

० बिबाह गर्नु भएको छ ?
गरेको छु ।

० पछिको योजना के बनाउनु भएको छ ?
पछिको योजना यहीँ गितसङ्गित मै र मिडियामा नै हुन्छु म नयाँ नयाँ एल्बमहरु गर्दै जानी र आफुले गर्दै आएकै कामहरु लाई निरन्तरता दिन्छु ।

० पर्व विशेष गीत ठिक कि अरु गीत ठिक ?
पर्व विशेष गितहरु पनि मेरो धेरै छन र सदाबाहार गितहरु पनि धेरै छन त्यसैले मलाई समयसान्धर्बिक गितहरु सबै मन पर्छ ।

० जिबन के हो ?
जिबन के हो अहिले सम्म मुल्यांकन गर्न पाएको छैन मैले त साची जिबन के होला रु सधै बिजि सधै कामको ब्यस्तले गर्दा आफ्नै जीवन के हो भन्ने कुरा अहिलेसम्म थाहा पाएकी छैन ।

० अन्तमा ?
अन्तमा म सबै दर्शक श्रोताहरु लाई मलाई माया गर्दिनु होला मैले नयाँ नयाँ गित सँगित निकालेको छु सम्पूर्णले हेर्दिनु होला माया गर्दिनु होला मलाई मात्र नभएर सम्पुर्ण गित सँगित क्षेत्र लाई नै माया गर्दिनु भन्न चाहान्छु साथै तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।