Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

हुवावेलाई झड्का : एन्ड्रोएडको प्रयोगमा गुगलको रोक, मोबाइल व्यापारमा असर पर्ने

Monday, May 20, 2019 National Power

एजेन्सी – गुगलले मोबाइल निर्माता कम्पनी हुवावेलाई एन्ड्रोएड अपरेटिङ्ग सिस्सटमका केही अपडेटहरुको प्रयोगमा रोक लगाएको छ । यो चिनियाँ कम्पनीलाई ठूलो झड्का हो । योसँग हुवावेका नयाँ स्मार्टफोनहरुले चर्चित गुगल एप्लिकेसनहरु प्रयोग गर्न पाउने छैनन् ।

ट्रम्प प्रशासनले हुवावेलाई लाइसेन्स बिना अमेरिकी कम्पनीहरुसँग व्यापार गर्न नसक्ने कम्पनीको सूचीमा राखेपछि गुगलले यस्तो कदम चालेको हो । एक वक्तव्य जारी गर्दै गुगलले निर्देशनअनुसार काम गरेको बताएको छ । हुवावेले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

हुवावे प्रयोगकर्ताहरुका लागि के असर गर्छ ?

यो निर्णयसँगै हुवावेले गुगल सेक्युरिटी अपडेट र प्राविधिक सपोर्ट पाउने छैन भने नयाँ फोनहरुमा युट्युब र म्यापजस्ता एप्लिकेसनहरु हुने छैनन् । हाल प्रचलनमा रहेका हुवावे स्मार्टफोनहरुले भने एप्सहरु तथा सेक्युरिटी अपडेट गर्न पाउने छन् भने गुगल प्ले सर्भिसलाई पनि अपडेट गर्न पाउनेछन् । तर, गुगलले एन्ड्रोएडको नयाँ नयाँ भर्सन रिलिज गरे भने हुवावेका फोनहरुमा त्यो अपडेट उपलब्ध हुनेछैन । जानकारहरुले यस कदमले हुवावेको व्यवसायमा ठूलो असर गर्ने बताएका छन् । नयाँ फोनहरुमा गुगल प्ले स्टोरमा पहुँच नभए प्रयोगकर्ताहरुले हुवावेका फोनहरु प्रयोग गर्न छाड्ने आँकलन गरिएको छ । यद्यपि, हुवावेले आफ्नै अपरेटिङ सिस्टम बनाउने तयारी पनि गरिरहेको छ ।

यसबारे हुवावेले के गर्न सक्छ ?

गत बुधबार ट्रम्प प्रशासनले हुवावेलाई ‘एन्टिटी लिस्ट’ मा सामेल गरेको थियो जसले कम्पनीलाई सरकारी अनुमति बिना अमेरिकी कम्पनीबाट प्रविधि हासिल गर्न प्रतिबन्धित गरेको छ । सूचीमा समावेश भएपछि हुवावेका प्रमुख कार्यकारी अधिकृत रेन झेङफेइले जापानी मिडियालाई शनिबार यसबारे आफूहरुले पहिले देखि नै तयारी शुरु गरेको प्रतिक्रिया दिएका थिए । उनले निक्की विजनेस पत्रिकासँग कुरा गर्दै कम्पनीले आफ्नो पाटपुर्जा आफै निर्माण गर्ने प्रक्रिया अघि बढाउने बताएका थिए ।

५ जी मोबाइल नेटवर्कमा हुवावेको सामाग्री प्रयोग गर्दा हुने सम्भावित जोखिमको बारेमा अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरुले विरोध गर्दै आइरहेका छन् । धेरै देशहरुले हुवावेलाई चिनियाँ सरकारले जासुसीका लागि प्रयोग गर्न आरोप लगाउँदै आएका छन् । जसलाई कम्पनीले खण्डन गर्दै आइरहेको छ । यसका बावजुद केही देशहरुले टेलिकम कम्पनीलाई हुवावेका सामग्री प्रयोग गर्नबाट रोक लगाएका छन् ।