Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘जुनी जुनी’भिडियो सार्बजनिक

Sunday, May 19, 2019 National Power

काठमाडौँ – नयाँ लोक तथा दोहोरि गीत ‘जुनी जुनी’भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै भिडियो सार्बजनिक गरिएको हो । लोक गायक राम थापा शिरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य थुप्रै श्रस्टा तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

गायिका सपना थापा मेक्सम खातीको स्वर रहेको गीतमा सागर प्रधानको शब्द रचना रहेको गीतमा यज्ञ सापकोटाको लय रहेको छ । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्ट र नबराज न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोलाइ अनिल राणाले सम्पादन गरेका हुन् । सार्बजनिक भिडियोमा रिना थापा र सुरज श्रेष्ठ लाई फिचर्ड गरिएको छ । भिडियो धुन नेपालको अफिसियल च्यानलबाट सार्बजनिक गरिएको छ।