Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भूवन चैत्य बसुन्धरा फाउण्डेशनले यस वर्षको पुरस्कार चलचित्रकर्मी कल्याण कोषलाई दिने

Monday, May 13, 2019 National Power

काठमाडौं – भूवन चैत्य बसुन्धरा फाउण्डेशनले हरिश-भुवन चन्द, चैत्यदेवी सिंह, चेतनारायण–बसुन्धरा भुसालको नाममा स्थापना गरेको पुरस्कार राशी यस वर्ष चलचित्र विकास बोर्ड अन्र्तगतको चलचित्रकर्मी कल्याण कोषलाई दिने निर्णय गरिएको छ । फाउण्डेशनले ५१ हजारका दरले दिइने तीनवटै पुरस्कारको राशी एक लाख त्रिपन्न हजार रुपैंयाँ र ताम्रपत्र सहित आगामि जेठ २२ गते एक विशेष समारोहका विच हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

बसुन्धरा भुसाल, भुवन चन्द र चैत्य देवी सिंहको छनौट समितिले सिफारिस गरे अनुसार कल्याण कोषलाई उक्त पुरस्कार दिने फाउन्डेशनका सचिव मोहन निरौलाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फाउण्डेशनले पुरस्कार वितरण समारोहलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रेम बम्जनको संयोजकत्वमा अञ्जु रञ्जितकार, राजु प्रसाद धिमाल सदस्य रहेको कार्यक्रम संयोजन समिति गठन गरेको छ को बैठकले निर्णय गरेको छ ।

फाउण्डेशनले यस अघि वरिष्ठ कलाकार श्री जयनेन्द्र चन्द ठाकुरलाई औषधोपचारकालागि बैशाख १२ गते नगद १२ हजार रुपैंयाँ सहयोग उपलब्ध गराएको थियो ।

यसै वर्ष स्थापना गरि विधिवत रुपमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको फाउण्डेशनको कार्यकारिणी समितिमा अध्यक्ष बसुन्धरा भुसाल, उपाध्यक्ष भुवन थापा चन्द, चैत्यदेवी सिंह, सचिव मोहन निरौला, सह–सचिव चेतनारायण भुसाल, कोषाध्यक्ष माइकल डी चन्द ठकुरी, सदस्य प्रेम बम्जन ९पुष्कर लामा०, अञ्जु रञ्जितकार, राजु प्रसाद धिमाल तथा संरक्षक सृजना पाठक, शैलेश भुसाल र शिला चन्द रहेका छन् ।