Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

श्रीमानको साथ सहयोग र प्रेरणा बाट यस क्षेत्रमा आएको हु ; गायिका मिश्रा काफ्ले

Saturday, May 4, 2019 National Power

बनेपा – काभ्रेपलान्चोक जिल्लाको चौरिदेउराली गाउँपालिका जन्मनुभएकि गायिका मिश्रा काफ्ले मुख्य तथा काठे लोक दोहोरी गायिकाको रुपमा छोटो समयमै चर्चामा आउन सफल गायिकाहरु मध्ये पर्नुहुन्छ । सबैको नजरमा राम्रो बन्न , सबै लाई बिश्वास दिलाउन , गाउन , प्रोग्राममा हिडन , नाटक गर्ने , डान्स गर्ने मन पराउने गायिका आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । भर्खरै आफ्नो छुट्टै ब्यबसाय कोशिपारी फर्मेसी खेलर बस्नु भएको छ भने चट्ट पिरिम जस्ता चर्चित गित गाएर धेरै नै चर्चा आउनु भएको छ प्रस्तुत छ चर्चित लोक तथा दोहोरी गायिका मिश्रा काफ्लेसँग नव क्षितिज साप्ताहिकका लागी अरबिन्द्र गौतमले गरेको कुराकानी

० आज भोलि केमा ब्यस्त हुनु हुन्छ ?
आज भोलि म गितसँगित तिर नै ब्यस्त छु भन्नू पर्छ आफ्नो छुटै ब्यबसाय पनि छ । यस्तै हो कहिले कता हुन्छ त कहिले कता धेरै जस्तो गितसँगित क्षेत्रमा नै बिजि छु ।

० सुरुका दिनहरुको बारेमा बताउनुहोस यस क्षेत्रमा कसरी लाग्नु भयो ?
सानो उमेर देखि नै मलाई गितसँगित क्षेत्र एकदम मन पर्ने क्षेत्र हो । म गित गाउन मन पर्याउछु र मलाई परिवार बाट पनि धेरै सहयोग मिलेकोले म यस क्षेत्रमा लागेको हु । अझै बिस्तारै नयाँ नयाँ गितसँगित निकाल्ने तयारीमा छु ।

० अहिलेसम्म कति गीत गाउनुभयो ?
खासै धेरै गाएको छैन भर्खरै हो । अहिले सम्म एक दर्जन भन्दा बढी गाएको छु ।

० यस क्षेत्रमा लाग्नुको कारण ?
मलाई गितसँगित क्षेत्र मन पर्ने भएकोले र घर परिवारको पनि सहयोग मिलेकोले म यस क्षेत्रमा लागेको हु ।

० कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
म लोकदोहोरी गित बढी गाउने गरेको छु । लोक दोहोरीमा पनि काँठे क्षेत्रको लोक दोहोरि गित बढि नै गाउने गरेको छु ।

० गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
गितसँगित क्षेत्र मलाई एकदम मन पर्ने क्षेत्र हो । आफुलाई मन पर्ने क्षेत्र भएकाले म यस क्षेत्र बाट एक दम सन्तुष्ट छु । त्यसैले निरन्तरता दिदै आएको छु ।

० गायनबाटै बाँच्न सकिन्छ ?
गायन बाट बाँच्न गार्‍हो छैन तर सबै दर्शक श्रोताले माया र साथ दिनु भयो भने बाँच्न सकिन्छ । दर्शक श्रोताको माया पाइएन भने यस क्षेत्र बाट बाँच्न गार्‍हो छ तर म चाहिँ बाच्न सक्छु कि मेरो आफ्नो छुट्टै ब्यबसाय कोशिपारी फर्मेसी पनि भर्खरै खेलेको छु ।

० कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
म मेरो श्रीमानको साथ सहयोग र प्रेरणा बाट यस क्षेत्रमा आएको हु र मलाई घर परिवार बाट धेरै नै सहयोग मिलेको छ

० कस्तो गायिका बन्न मन छ ?
मलाई सबै दर्शक श्रोताको मन मुटुमा बस्न मन छ र सबैको लोकप्रिय बन्न मन छ ।

० लोकगीत कस्तो होस् जस्तो लाग्छ ?
आज भोलि लोक गितमा केही छाड पन आएको छ । यस्तो नहोस् लोक गित भनेको बोल्न नसक्नेहरुको आवाज लिएर गित मर्फत बोल्नु पर्छ । सबै बसेर सुन्न मिल्ने हुनुपर्छ जस्तो लाग्छ मलाई तर यस्तो छैन आज भोलि केही बिकृती आएको छ ।

० पछिको योजना के बनाउनु भएको छ ?
म यस गितसँगित क्षेत्र बाट नै अगाडि बन्ने योजनामा छु । यस क्षेत्र बाट देश र समाजमा केही परिवर्तन ल्याउनको लागि प्रयास गर्दै छु र सबै दर्सक श्रोताको मन मुटुमा बस्न सक्ने बन्ने छु ।

० पर्व विशेष गीत ठिक कि अरु गीत ठिक ?
समय अनुसार दुबै खालको गित ठिक छ भन्नू पर्छ । समय र परिस्थिति अनुसार फरक फरक भएमा अझै राम्रो हुन्छ ।

० अन्तमा ?
सबै दर्शक श्रोताहरु लाई मैले गरेको काम लाई हेरिदिनु होला माया गरिदिनु होला मलाई मात्र नभइ गितसँगित क्षेत्र लाई नै माया गर्नु होला भन्न चाहान्छु । तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।