Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नवराज घोरासाईनेको नयाँ वर्षको उपहार “मोटर साईकल आजै किनेको” बजारमा

Sunday, April 14, 2019 National Power


१ , बैशाख / काभ्रेपलान्चोक – बनेपा चर्चित झिल्के लोक दोहोरी गाएक नवराज घोरासाईनेले नयाँ वर्ष २०७६ को अवसरमा नेपाली लोक दोहोरी पारखिहरुको लागि “मोटर साईकल आजै किनेको” उपहार लिएर आएका छन् ।
गीतमा गाएक घोरासाईनेलाई चर्चित लोक गायिका पार्वती कार्किले साथ दिएकि छिन् । गीतको शब्द तथा संगीत घोरासाईने आफैंको रहेको छ । काठमाडौं डिजिटल स्टुडियोमा रेर्कड गरिएको गितमा ऐरेन्ज पूर्ण गरुङ र मिक्सिङ डिका गुरुङको रहेको छ । गीतको छायाँकन दुर्लभ श्रेष्ठ, ग्राफर विषेश महर्जनको रहेको छ । सम्पादन नविन भट्टले गरेका छन् भने कला राजाराम गौतमको रहेको छ । संजिव ठकुरिको कोरियोग्राफ रहेको भिडियोमा संजिव ठकुरि, संजिता राना, गायकद्धय नवराज घोरासाईने, पार्वती कार्किको साथमा नारायण दंगालले अभिनय गरेका छन् ।
आफ्नो चर्चित गीत “मोटर साईकल आजै किनेको” भिडियो सहित आम दर्शक तथा स्रोतामाझ आएसँगै नेपाली दर्शक तथा स्रोता निकै उत्साहित बनेका छन् । यो सँगै डिएआर मुभिजले छिट्टै बजारमा ल्याउन लागेको “डाँडाघरे दाई” बोलको लोक दोहोरि गीतमा पनि गाएक घोरासाईनले आफ्नो स्वर दिईसकेका छन् ।
डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गायक घोरासाईनेको “मोटर साईकल आजै किनेको” बोलको लोक दोहोरिको भिजुवल आम दर्शक तथा स्रोता माझ लेराईएको छ ।
गीतको भिजुवल तलको लिङकमा गएर हेर्नसक्नुहुने छ ।https://www.youtube.com/watch?v=GVrCssm90Hs&feature=share