Wednesday 25th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

मनको दुःख पीडा भुल्न सक्ने खालको लोकगीत होस ; गायिका कान्छी रनु घतानी

Wednesday, April 10, 2019 National Power


२७ , चैत / काभ्रेपलान्चोक – सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेर नगरपालिका वडा नम्बर १ घोर्थलीमा जन्मनुभएकि गायिका कान्छी रनु घतानी मुख्य तथा काठे लोक दोहोरी गायिकाको रुपमा छोटो समयमै चर्चामा आउन सफल गायिकाहरु मध्ये पर्नुहुन्छ । गित गाउन , प्रोग्राममा हिडन , नाटक गर्ने , डान्स गर्ने मन पराउने गायिका घतानी आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले गायिका कान्छी रनु घतानीसँग गरेको छोटो कुराकानी

० आज भोलि केमा ब्यस्त हुनु हुन्छ ?
आज भोली गित सँगितको साथ साथै सिलाई बुनाई अनि हल्का प्रोग्राम तिर ब्यस्त छु ।

० सुरुका दिनहरुको बारेमा बताउनुहोस यस क्षेत्रमा कसरी लाग्नु भयो ?
म बिदेशी भुमिमा तीन बर्ष बसे बिदेशमा भएपनि गित सँगित लाई धेरै माया गर्थे । सुरु सुरुमा म अन्लाईन रोधी घरमा गाउने गर्थे । अनि मेरो आदणीय सर ईश्वर सापकोटासँग भेट भयो अनि मलाई उहाँले यस क्षेत्रमा आउने अवसर दिनु भयो र बिस्तारै म यो क्षेत्रमा लागे

० अहिलेसम्म कति गीत गाउनुभयो ?
मैले अहिलेसम्म चार ओटा गित गायको छु अरु बिस्तारै आउने क्रममा छन् ।

० कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
म लोक दोहोरी गायिका हु । लोक दोहोरीमा पनि
काठे लोक गितहरु बढी गाउछु ।

० गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
गायनबाट म एकदम सन्तुष्ट छु भन्नू पर्छ । सन्तुष्ट भएको कारणले गर्दा नै आज यहाँ सम्म छु ।

०   बाच्नलाई सकिन्छ ?
गायन बाट बाच्नलाई अलि गार्‍हो छ । गायन बाट एउटा रहर पुरा गर्ने मात्र हो ।

० कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
मेरो आदरणीय बाबा आदरणीय सर ईश्वोर सापकोटा र मेरो परिवारको साथ सहयोग प्रेरणाबाट गायन क्षेत्रमा लाग्न पाए।

० कस्तो गायिका बन्न मन छ ?
सबैको प्यारी , सबैले माया गर्नी ,सबैको राम्रो , सबैले सम्झिने , धेरै दर्सकहरुको मन जित्न सफ़ल गायिका बन्ने मन छ ।

० लोकगीत कस्तो होस् जस्तो लाग्छ ?
ठुलो सानो सबै लाई मन पर्ने जुन लोकगीत सुनेर मनको दुःख पीडा भुल्न सक्ने लोकगीत होस् जस्तो लाग्छ ।

० बिबाह गर्नु भएको छ ?
नाइ मेरो बिबाह भएको छैन ।

० आफु लाई लायकको केटा हेर्नू पर्ने भयो भने कस्तो टाइपको हेर्नू हुन्छ ?
मनको धेरै राम्रो , धनी होस् एक अर्काको मन मिल्ने कुनै स्वार्थ नराख्ने , सबै सँग राम्रो बोली बचन गर्ने , जिन्दगीमा कहिले धोका नदिने होस् यस्तो टाइपको हेर्ने मन छ ।

० पछिको योजना के बनाउनु भएको छ ?
म गित सँगितको साथ साथै केहि सिप सिकेर आफैले केहि गर्छु भन्ने योजना छ ।

० पर्व विशेष गीत ठिक कि अरु गीत ठिक ?
मलाई पर्व विशेष गित नै ठिक लाग्छ ।

० अन्तमा ?
तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।