Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

राम्रो डान्सर बन्न्न मन छ ; डान्सर सुशील गुरुङ

Wednesday, April 10, 2019 National Power

२७ , चैत  -काभ्रेपलान्चोक गोर्खा जिल्लामा जन्मनुभएको डान्सर सुशील गुरुङ आज भोलि निकै ब्यस्त हुनु हुन्छ । आफ्नै नामको स्टुडियो खेलेर विद्यार्थीहरुलाई डान्स सिकाइ रहनु भएको छ । सानो उमेर देखि नै यति ठुलो काम गर्दै हुनुहुन्छ कि उहाँको उमेर धेरै भएको छैन तर पनि उहाँ एक दाम राम्रो डान्सरको रुपमा चिन्निनु हुन्छ । हाल उहाँले गोदामचोकमा सुशील डान्स स्टुडियो खोलेर बस्नु भएको छ । भर्खरै ं२ उतिर्ण गर्नु भएको गुरुङ डान्स गर्ने , नाटक गर्ने , खेलहरु खेल्न , रमिणय ठाउँहरु घुम्न मन पर्ने बताउनु हुन्छ । सानै देखि डान्स गर्दै आउनु भएको सुशील गुरुङ अहिले मेला , महोत्सव , डान्स प्रोग्राममा र कभर म्युजिक भिडियोहरु निकालिरहनु भएको छ । प्रस्तुत छ अरबिन्द्र गौतमले काभ्रे बाट प्रकाशित नव क्षितिज साप्ताहिक लागी गरेको रमाइलो कुराकानी ;

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि म मेरो आफ्नै नामको सुशील डान्स स्टुडियो खेलेर बसेको छु धेरै विद्यार्थीहरु छ्न र म आफै सिकाउछु पनि यस्तै हो कहिले मेला , महोत्सव जहिले कभर म्युजिक भिडियो निकाल्न तिर बिजि हुन्छ ।

० सुशील डान्स स्टुडियो खेलेको कति समय भयो ?
सुशील डान्स स्टुडियो खेलेको भर्खरै हो एक महिना जति भयो धेरै भएको छैन । भर्खरै सुरुवात हो ।

० स्टुडियोमा कति विद्यार्थीहरु रहेका छन् ?
साल सालै खोलेको भएर धेरै छैन्न त्यस्तै २० , २५ जान जति छ्न । धेरै लाई थाहा नभएर पनि हुनसक्छ अब बिस्तारै सबै लाई थाहा हुन्छ अनि अलि बढने छ्न ।

० यस क्षेत्रमा कसरी लाग्नु भयो ?
पहिले देखि नै मलाई डान्स गर्ने मन पर्ने भएकोले मैले यो क्षेत्र रोजेको हु । म स्कुल देखि नै डान्स गर्थ बिस्तारै प्रोग्रामहरुमा पनि जान थाले अहिले मेला महोत्सवमा बोलाउनु हुन्छ जाने गरेको छु हेरौं के हुन्छ अहिले आफ्नै नामको स्टुडियो खोल्न पुगेको छु ।

० डान्स सिकाउन गर्न कतिको गार्‍हो छ ?
काम आफैंमा गार्‍हो हुन्छ । झन् डान्समा शरीरका सबै भाग चलाउनु पर्ने हुन्छ । धेरै गार्‍हो हुन्छ मेहनत धेरै चाहिन्छ ।

० घर परिवार बाट कतिको सहयोग मिलेको छ ?
घर परिवार बाट धेरै नै सहयोग गर्नु भएको छ । उहाँहरुले सहयोग नगर्नु भएको भय म आज यो ठाँउ सम्म आइपुग्ने थिइन ।

० यस क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु सन्तुष्ट भएको कारणले नै निरन्तरता दिदै आफ्नै नाम स्टुडियो खोलेको छु ।

० तपाईंलाई पछी गएर कस्तो डान्सर बन्न मन छ ?
मलाई पछी गएर एउटा राम्रो डान्सर बन्न्न मन छ । जसले देशको नाम बिश्वसामु चिनाउन सकु अन्तरास्ट्रिय स्तरमा नेपालको लोक सस्कृती र परम्परा जोगाउने हिसाबको नै डान्सर बन्न चाहान्छु र नेपालका राहुल शाह भन्दा ख्याती कमाउन चाहान्छु ।

० यस क्षेत्रको राम्रो पक्षे र नराम्रो पक्षे के के हुन ?
यस क्षेत्रको राम्रो पक्षे भनेको मैले बुझे अनुसार आफुले गरेको डान्स लाई पेशा बनाएर अगाडि बडनु पर्छ । त्यसपछी भबिस्यमा केही बन्ने रहर छ । नराम्रो पक्षे भन्नू पर्दा हामी जस्ता उमेरका केटाकेटीहरुले फेसनको रुपमा लिएर यस लाई नराम्रो नजरले हेर्न गर्द छ्न ।

० तपाईं लाई कस्तो कस्तो डान्स चै सजिलै आउँछ ?
मलाई मोडेल , हिप्प , कल्चरल , पुराना गित , सोलो , रिमिक्स आदिमा गर्न मन पर्छ अनि सजिलो पनि लाग्छ ।

० यस् क्षेत्र बाट नै जिबन चल्छ त ?
मेहनत गरेर अगाडि बढयो भने अवश्य नै तर मेहनत चाहिँ चाहिन्छ यो क्षेत्रमा

० अन्तमा के भन्न चाहानु हुन्छ ?
मलाई माया गर्नु हुने सबै लाई धेरै धेरै सम्झेको छु मेरो डान्स हेर्नू होला माया गर्नु होला भन्न चाहान्छु साथै तपाईं लगाएत तपाईंको मिडिया नव क्षितिज साप्ताहिक परिवार लाई मेरो मनको कुरा राख्ने मौका दिनु भएकोमा धन्यवाद भन्न चाहान्छु ।