Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

दुख सुखका गित गाउछु ; गायक सन्तोष राज गिरी

Wednesday, April 10, 2019 National Power

२७ , चैत –  काभ्रेपलान्चोक जिल्ला भुम्लु गाऊँपालिका सापिङ्गमा जन्म लिनुभएको गायक सन्तोष राज गिरी छोटो समय मै चर्चामा आउन सफल गायकहरु मध्ये पर्नु हुन्छ । काभ्रे जिल्ला प्रदेश नम्बर तीन जस्ता गित गाएर चर्चामा आउनु भएको छ । गित गाउन , नयाँ ठाउँहरु गुम्न , रमाइलो गर्ने मन पराउने गायक गिरि आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । गायक सन्तोष राज गिरीले गाउनु भएको केही चर्चित गितहरु काभ्रे जिल्ला प्रदेश नम्बर ३ ,योदिलको पानामा , बाँचे घर आउछुनि फर्केर , डाडैमा लर्के वर ,माया भए ए सानू , साईतको टीका ,माया सम्झन्छु साथ छैन ,नरोउ दिदी , आमा हेल्मो चढेर , यस सपालिनि गर्दैनन् मेरो बिहे , नरोउ है ए साथि , झल्को आईरन्छ , सकिन है तिम्लाई गुन लगाउन , तीन मायामा फेल भाको , असारे गित आदि रहेका छन । प्रस्तुत छ गायक सन्तोष राज गिरीसँग अरबिन्द्र गौतमले गरेको रमाइलो कुराकानी ;

० आज भोलि केमा ब्यस्त हुनु हुन्छ ?
आजभोलि म गित सँगितमै ब्यस्त छु साथै ब्यक्ति गत काम तिर नै छु भन्नू पर्छ ।

० सुरुका दिनहरुको बारेमा बताउनुहोस यस क्षेत्रमा कसरी लाग्नु भयो ?
सुरु सुरुमा लोक गित भने पछि असाध्यै मन पर्थ्यो तिनै डाडा पाखामा गाई बस्तु चराउदा गाउने गर्थे । अग्रज आदरणिय गायकहरुको गित सगित बाट प्रभाबित भएर यस क्षेत्रमा प्रबेश गरेको हु । यस् क्षेत्रमा लाग्न धेरै सहयोग गर्नु हुने चर्चित गायक दाजु रेशम थापाको सहयोग बाट प्रबेश गरे ।

० अहिलेसम्म कति गीत गाउनुभयो ?
अहिले सम्म धेरै गितहरु त निकाल्न सकेको छैन अहिलेसम्म १५ वटा गित सृजना गरेको छु ।

० कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
मलाई किन किन सेन्टि गितहरुनै गाउन सृजना गर्न मन पर्छ ।

० गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट त यस मानेमा छु कि आज सबै दर्शक श्रोता सामु चिनिन पाएको छु । त्यसैले म सन्तुष्ट छु ।

० गायनबाटै बाँच्न सकिन्छ ?
गायन बाट बाच्न धेरै गाह्रो छ किनकि लगानी गरेर गित तयार गर्यो कतै बाट केही छैन मात्रै दर्शकहरुको माया छ । यहीँ मायामा सन्तुष्ट छु भनु पर्छ ।

० कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
मैले पहिले नै भनिसकेको छु । गायक रेशम थापाको प्रेरणा बाट म गित संगित क्षेत्रमा लागेको हु ।

० कस्तो गायक बन्न मन छ ?
अब लोक सँगितमा हात हालिसकेको छु तिनै दुख सुखका गित गाएर दर्शकहरुको मन जित्ने सक्ने गायक बन्ने मन छ ।


० लोकगीत कस्तो होस् जस्तो लाग्छ ?
मलाई चाहिँ लोक दोहोरी गित यथार्थ भाबको होस जस्तो लाग्छ ताकि दुख सुखमा सुन्न सकिने खालको हुनु पर्छ । समाजमा नपच्ने खालको गित सँगित नहोस भन्न चाहान्छु।

० बिबाह गर्नु भएको छ ?
गरि सकेको छु ।

० पछिको योजना के बनाउनु भएको छ ?
अब गित सँगितमा लागेपछि यसैलाई निरन्तरता दिदै आफ्नो दैनिकि चलाउने योजना छ ।

० पर्व विशेष गीत ठिक कि अरु गीत ठिक ?
गित सँगित भनेको यस्तो उस्तो भनेर हेला गर्नु हुदैन समय अनुसार सबै खालको गित बनाउछु सबै ठिक लाग्छ पर्वका र अन्यका भनेर छुट्याउदिन ।

० अन्तमा के भन्न चाहानु हुन्छ ?
तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएको मा धेरै धेरै धन्यवाद ।