Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

हिउँपहिरोमा परी ५ दिनदेखि ३ जना बेपत्ता, घटनास्थल जान सकेन प्रहरी

Friday, April 5, 2019 National Power

डोल्पा – गत चैत १७ गते माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ तीर्थयात्री बेपत्ता भएका छन् । पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अझैसम्म उनीहरूको खोजी कार्य सुरू भएको छैन ।

माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका(३ मा पर्ने क्रिष्टल माउन्टेनमा फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् । क्रिष्टल माउन्टेनलाई दोस्रो कैलाश पर्वत पनि भनिन्छ ।

‘हिउँ परेको बेला क्रिष्टल माउन्टेन परिक्रमा गर्दा पुण्य कमाइन्छ भनेर गएका तीन जना १७ गतेदेखि हराइरहेका छन्,’ डोल्पा प्रहरी प्रमुख अवदेश कुमार विष्टले भने, ‘तर, खोज्न सक्ने अवस्था छैन ।’

डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थल पुग्न ६ दिन लाग्छ । भारी मात्रामा हिउँ परेकाले घटनास्थलमा जान नसकिएको डीएसपी विष्टको भनाइ छ । ‘अहिले जाँदा फेरि अर्को दुर्घटना हुनसक्छ । अब हिउँ नपग्लिएसम्म खोज्न जान सकिँदैन,’ विष्टले भने । प्रदेश प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराउने काम मात्र भएको उनले बताए ।