Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

हिउँपहिरोमा परी ५ दिनदेखि ३ जना बेपत्ता, घटनास्थल जान सकेन प्रहरी

Friday, April 5, 2019 National Power

डोल्पा – गत चैत १७ गते माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ तीर्थयात्री बेपत्ता भएका छन् । पाँच दिनदेखि तीर्थयात्री हराइरहे पनि अझैसम्म उनीहरूको खोजी कार्य सुरू भएको छैन ।

माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका(३ मा पर्ने क्रिष्टल माउन्टेनमा फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् । क्रिष्टल माउन्टेनलाई दोस्रो कैलाश पर्वत पनि भनिन्छ ।

‘हिउँ परेको बेला क्रिष्टल माउन्टेन परिक्रमा गर्दा पुण्य कमाइन्छ भनेर गएका तीन जना १७ गतेदेखि हराइरहेका छन्,’ डोल्पा प्रहरी प्रमुख अवदेश कुमार विष्टले भने, ‘तर, खोज्न सक्ने अवस्था छैन ।’

डोल्पा सदरमुकामबाट हिँडेर घटनास्थल पुग्न ६ दिन लाग्छ । भारी मात्रामा हिउँ परेकाले घटनास्थलमा जान नसकिएको डीएसपी विष्टको भनाइ छ । ‘अहिले जाँदा फेरि अर्को दुर्घटना हुनसक्छ । अब हिउँ नपग्लिएसम्म खोज्न जान सकिँदैन,’ विष्टले भने । प्रदेश प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराउने काम मात्र भएको उनले बताए ।