Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

चर्चाको शिखरमा नायिका पूर्णिमा लामा

Tuesday, March 26, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
१२ , चैत / काभ्रेपलान्चोक – बनेपा पूर्णिमा लामा नेपाली चलचित्र क्षेत्रमा एक कुशल नायिकाको रुपमा विगत ११ वर्षदेखि निरन्तर आफ्नो उत्कृष्ट अभिनय क्षमतामर्फत दर्शकहरुको रोजाइमा पर्न सफल रहदै आएकी छिन ।

भिमेश्वर–१० मा जन्मे, हुर्केकी उनमा आफ्नो कामप्रति लगनशीलताका साथ लाग्ने स्वभाव छ । सानै उमेरदेखि मोडल तथा अभिनेत्री बन्ने रुचि राख्ने लामा अभिनयमा आफूलाई क्रियाशील राख्दै आएको बताउँछिन् । सानैदेखि सुख सयलमा हुर्किएकी हुन् । आर्थिक रुपमा कुनै समस्या थिएन । हाँसी खुसी हुर्किन् ।

६० भन्दा बढ़ी नेपाली म्युजिक भिडियोमा अभिनय गर्नुको साथै पल्टन, हिरोस, नेप्टे, बबी, रेल्लिमाई, शिव, शिवानी लगायत तीन दर्जनबढि उत्कृष्ट चलचित्रहरुमा अभिनय गर्नुभएकि लामा आज भोलि निकै ब्यस्त देखिनु हुन्छ ।