Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मदरल्याण्डको अभिभावकलाई अभिमुखिकरण

Sunday, March 24, 2019 National Power

१० , चैत / काभ्रेपलान्चोक – बनेपा विद्यार्थीलाई मात्र हैन अभिभावकलाई समेत अभिमुखिकरण कार्यक्रम आवश्यक ठानी मदरल्याण्ड इङ्गलिस बोर्डिङ स्कूलले एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न गरेको छ । सुर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरमा रहेको मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको अभिभावक प्रशिक्षण कार्यक्रम चैत्र ९ गते सम्पन्न गरेको छ ।

पहिलो चरणमा खुशिका रहस्यहरुद्वारा शान्त मन र आनन्दमय जीवनका लागि प्रेरणा र परिवर्तन विषयक एक दिने अभिमुखिकरण कार्यक्रममा स्वस्थ र सफल जीवनका लागि सकारात्मक सोचको विकास गर्नु पर्ने बताउनु भयो । दोश्रो चरणमा मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्काले हामी अभिभावकले पढ पढ मात्र भनेर दवाव दिनुभन्दा घरबाट नै असल संस्कारको विकास गराउनु पर्ने र अभिभावकले बालबालिकाहरुको हरेक कुरा सुनेर साथीको व्यवहार गरेमा गलत संगत एवं कुलतमा लाग्न नियन्त्रण हुने बताउनु भयो ।

शैक्षिकका साथै हरेक अतिरिक्त क्रियाकलाप तथा प्रतियोगितामा राष्ट्रीय एवं अन्तर्राष्ट्रीय पदक समेत जित्न सफल मदरल्याण्ड स्कुलले आगामी दिनहरुमा अभिभावकको पहिलो रोजाईको स्कुल बनाउने योजना रहेको प्रिन्सिपल खड्काले बताउनु भयो । खड्काले मदरल्याण्डले अभिभावकहरुलाई प्रेरणामुलक अभिमुखिकरण कार्यक्रम हरेक वर्ष आयोजना गर्दैआएको बताए ।