१० , चैत / काभ्रेपलान्चोक – बनेपा विद्यार्थीलाई मात्र हैन अभिभावकलाई समेत अभिमुखिकरण कार्यक्रम आवश्यक ठानी मदरल्याण्ड इङ्गलिस बोर्डिङ स्कूलले एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न गरेको छ । सुर्यविनायक नगरपालिका वडा ९ भातेढिकुरमा रहेको मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको अभिभावक प्रशिक्षण कार्यक्रम चैत्र ९ गते सम्पन्न गरेको छ ।
पहिलो चरणमा खुशिका रहस्यहरुद्वारा शान्त मन र आनन्दमय जीवनका लागि प्रेरणा र परिवर्तन विषयक एक दिने अभिमुखिकरण कार्यक्रममा स्वस्थ र सफल जीवनका लागि सकारात्मक सोचको विकास गर्नु पर्ने बताउनु भयो । दोश्रो चरणमा मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्काले हामी अभिभावकले पढ पढ मात्र भनेर दवाव दिनुभन्दा घरबाट नै असल संस्कारको विकास गराउनु पर्ने र अभिभावकले बालबालिकाहरुको हरेक कुरा सुनेर साथीको व्यवहार गरेमा गलत संगत एवं कुलतमा लाग्न नियन्त्रण हुने बताउनु भयो ।
शैक्षिकका साथै हरेक अतिरिक्त क्रियाकलाप तथा प्रतियोगितामा राष्ट्रीय एवं अन्तर्राष्ट्रीय पदक समेत जित्न सफल मदरल्याण्ड स्कुलले आगामी दिनहरुमा अभिभावकको पहिलो रोजाईको स्कुल बनाउने योजना रहेको प्रिन्सिपल खड्काले बताउनु भयो । खड्काले मदरल्याण्डले अभिभावकहरुलाई प्रेरणामुलक अभिमुखिकरण कार्यक्रम हरेक वर्ष आयोजना गर्दैआएको बताए ।