५ , चैत / काभ्रेपलान्चोक – बनेपा धादिङ जिल्लामा जन्मनुभएकी कलाकार एलिसा बयलकोटि सानै देखि कलाकार बन्ने लक्ष्य लिएर कलाकारिता क्षेत्रमा पाहिला टेक्दै षंघर्स गर्दै कलाकारिता क्षेत्रमा लागिरहनु भएको छ । सुरुमा साथीको सुटिङ हेर्न जानू भएको उहाँ त्यो दिन नै सानो रोल पाएर गरेको बताउनु हुन्छ । कलाकार बन्ने चाहान लिएर हिढनु भएको एलिसा बयलकोटिलाई घर परिवार बाट केही मात्रमा सहयोग पाएको र पछि गएर सबै दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने खालको बन्न मन भएको बताउनु हुन्छ । बयलकोटि एउटा सफल मोडल बन्न रहर भएको र धेरै नै फ्रिडम चाहिने भएकोले बाबा आमा देखि टाढा हरेको भन्नू हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले कलाकार एलिसा बयलकोटि सँग गरेको रमाइलो कुराकानी
० आज भोलि केमा ब्यस्त हुनु हुन्छ ?
म त्यति धेरै बिजि छैन आफ्नो काममा नै अलि अलि बिजि छु यस्तै हो ।
० सुरुको दिनहरुको बारेमा बताउनुहोस न कसरी कलाकारिता क्षेत्रमा लाग्नु भयो ?
एक दिन म साथीको सुटिङ हेर्न गएको थिए त्यो दिन मैले कतिको नक्कल , नाटक गर्ने सक्छु भनेर हेर्नू भयो । यतिको नक्कल , नाटक गर्ने सक्ने हुन्छ भनेर मलाई सर्ट मुभिमा खेलाउनु भयो । यसरी नै सुरु सुरुमा लागे पछि बिस्तारै धेरै वाट सर्ट मुभी खेल्न सफल भएको छु भन्नू पर्छ ।
० एउटा सफल कलाकार बन्न त धेरै गर्यो छ नि तपाईंलाई कलाकारिता क्षेत्र कतिको गर्यो लाग्यो ?
मलाई खासै गर्यो त भएन मलाई परिवार बाट पनि त्यति साथ सहयोग छैन । मलाई दुई जना अग्रजहरुले धेरै नै सहयोग गर्नु भएको छ । उहाँ हरुको कारण बाटो नै म यहाँ आएको छु ।
० अभियान गर्ने कतिको सजिलो हुदो रहेछ ?
खासै गर्यो त भएन सुरु सुरुमा अलि केही असहज भने भयो पछि बिस्तारै सजिलो सजिलो लाग्दै गएको छ । धेरै कुरा सिक्दै पनि छु ।
० तपाईले अहिले सम्म कति वटा सट मुभी खेल्नु भयो ?केही सर्ट मुभीका नामहरु पनि बताउनुहोसन ?
मैले अहिले सम्म ५ ७ वटामा अभिनय गरेको छु । केही सर्ट मुभीको नाम आएको छैन सुटिङ भने भएको छ । अब त्यो पनि बिस्तारै आउने क्रममा छ । Burger love is not
game
० कसको प्रेरणा बाट यस क्षेत्रमा लाग्नु भयो ?
मलाई सानो देखि नै कलाकारिता क्षेत्र एकदम मन पर्ने क्षेत्र हो । यस क्षेत्रमा लाग्नु मेरो चाहाना हो । अहिले मलाई साथी र दाजुहरु धेरै सहयोग पाएको छु । म आफ्नो चाहाना भएर आफै यस क्षेत्रमा आएको हु ।
० कलाकारिता क्षेत्रबाट बाच्न गर्यो छ नि फेरि तपाईं यस क्षेत्रमा नै लाग्नु भयो ?
मेरो चाहना नै यस क्षेत्र लाग्ने हो । आफुले मेहनत गर्नु पर्छ दर्शक श्रोताको मन जित्न सकियो भने बाच्न सकिन्छ जस्तो लाग्छ ।
० तपाईंले बिबाह गर्नु भएको छ ?
गरेको छैन ।
० तपाईंले आफुलाई लायकको केटा हेर्नू पर्ने भयो भने कस्तो टाइपको हेर्नू हुन्छ ?
मेरो भन्दा अलि उमेर बढी भएको किनकि उसले सबै कुरा बुझेको जानेको हुन्छ । जे होस मलाई बुझ्न सक्ने मलाई माया गर्ने होस ।
० आज भोलि नायिका तथा मोडलहरुले चर्चामा आउन अङ्ग प्रदर्शन गर्छ तपाई यसमा के भन्नू हुन्छ रु के चर्चा आउन अङ्ग प्रदर्शन नै गर्नु पर्छ ?
चर्चा आउन अङ्ग प्रदर्श गर्नु पर्छ जस्तो लाग्दैन । किन भने कलाकारिता क्षेत्रमा कला देखाउने हो । अरुले कसरी बुझनु हुन्छ मलाई थाहा छैन तर मलाई अङ्ग प्रदर्श गर्नु पर्छ जस्तो लाग्दैन ।
० तपाईलाई पछि गएर कस्तो कलाकार बन्न मन छ ?
सबै दर्शक श्रोताले चिन्ने खालको लोकप्रिय बन्न मन छ
साथै देश र समाजको लागी केही गर्नु छ । धेरै परिवर्तन ल्याउने काम गर्ने छु ।
० भाबी योजना के बन्नाउनु भएको छ ?
कलाकारी क्षेत्रमा नै बसेर मलाई केही गर्नु छ । दर्शक श्रोताले चिन्ने खालको लोकप्रिय बन्नु छ ।
० जिबन के हो ?
षंघर्सको मैदान हो चक्र हो जस्तो लाग्छ मलाई
० अन्तामा के भन्न चाहानु हुन्छ ?
सबै दर्शक श्रोताहरु माया र साथको खाचो छ । उहाँहरुको साथ बिना केही पनि गर्ने सकिदैन त्यसैले हजुरहरुले माया र साथ दिनु होला भन्न चाहान्छु ।