Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

घर परिवारको त्यति धेरै सहयोग छैन ; एलिसा बयलकोटी

Tuesday, March 19, 2019 National Power

५ , चैत / काभ्रेपलान्चोक – बनेपा धादिङ जिल्लामा जन्मनुभएकी कलाकार एलिसा बयलकोटि सानै देखि कलाकार बन्ने लक्ष्य लिएर कलाकारिता क्षेत्रमा पाहिला टेक्दै षंघर्स गर्दै कलाकारिता क्षेत्रमा लागिरहनु भएको छ । सुरुमा साथीको सुटिङ हेर्न जानू भएको उहाँ त्यो दिन नै सानो रोल पाएर गरेको बताउनु हुन्छ । कलाकार बन्ने चाहान लिएर हिढनु भएको एलिसा बयलकोटिलाई घर परिवार बाट केही मात्रमा सहयोग पाएको र पछि गएर सबै दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने खालको बन्न मन भएको बताउनु हुन्छ । बयलकोटि एउटा सफल मोडल बन्न रहर भएको र धेरै नै फ्रिडम चाहिने भएकोले बाबा आमा देखि टाढा हरेको भन्नू हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले कलाकार एलिसा बयलकोटि सँग गरेको रमाइलो कुराकानी

० आज भोलि केमा ब्यस्त हुनु हुन्छ ?
म त्यति धेरै बिजि छैन आफ्नो काममा नै अलि अलि बिजि छु यस्तै हो ।

० सुरुको दिनहरुको बारेमा बताउनुहोस न कसरी कलाकारिता क्षेत्रमा लाग्नु भयो ?
एक दिन म साथीको सुटिङ हेर्न गएको थिए त्यो दिन मैले कतिको नक्कल , नाटक गर्ने सक्छु भनेर हेर्नू भयो । यतिको नक्कल , नाटक गर्ने सक्ने हुन्छ भनेर मलाई सर्ट मुभिमा खेलाउनु भयो । यसरी नै सुरु सुरुमा लागे पछि बिस्तारै धेरै वाट सर्ट मुभी खेल्न सफल भएको छु भन्नू पर्छ ।

० एउटा सफल कलाकार बन्न त धेरै गर्यो छ नि तपाईंलाई कलाकारिता क्षेत्र कतिको गर्यो लाग्यो ?
मलाई खासै गर्‍यो त भएन मलाई परिवार बाट पनि त्यति साथ सहयोग छैन । मलाई दुई जना अग्रजहरुले धेरै नै सहयोग गर्नु भएको छ । उहाँ हरुको कारण बाटो नै म यहाँ आएको छु ।

० अभियान गर्ने कतिको सजिलो हुदो रहेछ ?
खासै गर्यो त भएन सुरु सुरुमा अलि केही असहज भने भयो पछि बिस्तारै सजिलो सजिलो लाग्दै गएको छ । धेरै कुरा सिक्दै पनि छु ।

० तपाईले अहिले सम्म कति वटा सट मुभी खेल्नु भयो ?केही सर्ट मुभीका नामहरु पनि बताउनुहोसन ?
मैले अहिले सम्म ५ ७ वटामा अभिनय गरेको छु । केही सर्ट मुभीको नाम आएको छैन सुटिङ भने भएको छ । अब त्यो पनि बिस्तारै आउने क्रममा छ । Burger love is not
game


० कसको प्रेरणा बाट यस क्षेत्रमा लाग्नु भयो ?
मलाई सानो देखि नै कलाकारिता क्षेत्र एकदम मन पर्ने क्षेत्र हो । यस क्षेत्रमा लाग्नु मेरो चाहाना हो । अहिले मलाई साथी र दाजुहरु धेरै सहयोग पाएको छु । म आफ्नो चाहाना भएर आफै यस क्षेत्रमा आएको हु ।

० कलाकारिता क्षेत्रबाट बाच्न गर्यो छ नि फेरि तपाईं यस क्षेत्रमा नै लाग्नु भयो ?
मेरो चाहना नै यस क्षेत्र लाग्ने हो । आफुले मेहनत गर्नु पर्छ दर्शक श्रोताको मन जित्न सकियो भने बाच्न सकिन्छ जस्तो लाग्छ ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
गरेको छैन ।

० तपाईंले आफुलाई लायकको केटा हेर्नू पर्ने भयो भने कस्तो टाइपको हेर्नू हुन्छ ?
मेरो भन्दा अलि उमेर बढी भएको किनकि उसले सबै कुरा बुझेको जानेको हुन्छ । जे होस मलाई बुझ्न सक्ने मलाई माया गर्ने होस ।

० आज भोलि नायिका तथा मोडलहरुले चर्चामा आउन अङ्ग प्रदर्शन गर्छ तपाई यसमा के भन्नू हुन्छ रु के चर्चा आउन अङ्ग प्रदर्शन नै गर्नु पर्छ ?
चर्चा आउन अङ्ग प्रदर्श गर्नु पर्छ जस्तो लाग्दैन । किन भने कलाकारिता क्षेत्रमा कला देखाउने हो । अरुले कसरी बुझनु हुन्छ मलाई थाहा छैन तर मलाई अङ्ग प्रदर्श गर्नु पर्छ जस्तो लाग्दैन ।

० तपाईलाई पछि गएर कस्तो कलाकार बन्न मन छ ?
सबै दर्शक श्रोताले चिन्ने खालको लोकप्रिय बन्न मन छ
साथै देश र समाजको लागी केही गर्नु छ । धेरै परिवर्तन ल्याउने काम गर्ने छु ।

० भाबी योजना के बन्नाउनु भएको छ ?
कलाकारी क्षेत्रमा नै बसेर मलाई केही गर्नु छ । दर्शक श्रोताले चिन्ने खालको लोकप्रिय बन्नु छ ।

० जिबन के हो ?
षंघर्सको मैदान हो चक्र हो जस्तो लाग्छ मलाई

० अन्तामा के भन्न चाहानु हुन्छ ?
सबै दर्शक श्रोताहरु माया र साथको खाचो छ । उहाँहरुको साथ बिना केही पनि गर्ने सकिदैन त्यसैले हजुरहरुले माया र साथ दिनु होला भन्न चाहान्छु ।