Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

बिन्दुको “हाम्रो माया जिन्दाबाद” सर्वाधिक चर्चामा

Tuesday, March 19, 2019 National Power

काठमाण्डौ – पछिल्लो समय यता चर्चित गायिका बिन्दु परियार ले एक पछी अर्को हिट गीत दिदै आइरहेकी छिन । चलचित्र मङ्गलम को गीत पर्ख पर्ख मायालु बोलको गीतलाई करोडौ दर्शकहरुले मनपराएपछि विन्दुलाई नेपाली गीत संगीतमा पछाडी फर्कनु परेको छैन । सुपर हिट चलचित्र छक्का पन्जा ३ को गीत पहिलो नम्बरमा यो गीत पनि दर्शकले अत्याधिक रुचाइएको गीत हो ।

Singer Bindu Pariyar

एक पछी अर्को सफलता मिल्दै जादा अहिले भर्खरै सार्बजनिक गरिएको चर्चित नायक तथा युटुबर शिशिर भण्डारीको “हाम्रो माया जिन्दाबाद ” बोलको गीत पनि सार्बजनिक भएको केही समयमै चर्चाके शिखरमा पुग्न सफल भएको छ र टिक टक भाइरल जुम्ल्याहा प्रिज्मा र प्रिन्सि र दिपा दमन्ताले अभिनय गरेको पहिलो भिडियो ‘हाम्रो माया जिन्दावाद’ सार्बजनिक भएको छ ।

सार्बजनिक भएको २ दिन नहुदै अत्याधिक दर्शकले रुचाएका छन् । म नारा लाइ रहन्छु हाम्रो माया जिन्दाबाद अत्यन्त मिठो गीतका संगीत दीपक शिलवाल को रहेको छ भने यो गीत का गीतकार शिशिर भण्डारी आफैले लेखेका हुन् ।

नवराज उप्रेती र टीम को छायांकनमा तयार गरिएको यस गीतका निर्देशक सुरेन्द्र बसेल ले गरेका हुन् । साहस शक्या को संगीत संयोजन मा रहेको उक्त गीत मा शिशिर भण्डारी र जुम्ल्याहा प्रिज्मा र प्रिन्सि र उत्कृष्ठ मोडलिंग गरेका छन् । गायिका बिन्दुलाई यस गीतमा शिशिर स्वयंले पनि स्वरमा साथ दिएका छन् ।

https://www.youtube.com/watch?v=Mpor8nRB-D8