Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आजाद उच्च माध्यमिक विद्यालयको ६९ औ जन्म उत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न

Saturday, March 9, 2019 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
२५ , फागुन / काभ्रेपलान्चोक – बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेको प्रमुख आतिथ्यतामा आजाद उच्च माध्यमिक विद्यालयको ६९ औ जन्म उत्सव (जयन्ती) कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

” हाम्रो आजाद हाम्रो गौरव ” भने मुल नारा लिएर २००७ सालमा स्थापन भएको काभ्रेपलान्चोक जिल्लाकै पुरानो आजाद उच्च माध्यमिक विद्यालयले ६९ औ जन्म उत्सव मनाएको छ । ६९ औ जन्म उत्सव कार्यक्रममा छात्रवृत्ति दिनुहुने संघ संस्थाका व्यक्तिहरुलाई पनि सम्मान गरेको थियोे

आजाद उच्च माध्यमिक विद्यालयको ६९ औ जन्म उत्सव कार्यक्रममा बनेपा नगरपालिका प्रमुखले भन्नुभयोमैले र बनेपा नगरपालिकाले गर्ने सक्ने बिकासका काममा हामी कुनै कसर बाँकी राख्दैनौ “

कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण सहित नगद पुरस्कारले सम्मान गरेको थियो ।अभिभावकहरु, शिक्षा प्रेमिहरुका बिचमा लोकप्रिय रहेको विद्यालयले विभिन्न समयमा विद्यार्थीहरुको स्तर बृद्धिका लागि तहगत रुपमा शैक्षिक स्तरिय तालिम, विभिन्न खेल तथा गोष्ठीहरुको आयोजना गर्दे आइरहेको बताउनु भयो ।

कुनै पनि तहमा शिक्षा प्रदान गर्न कुनै पनि कसर नराखेको विद्यालयले विगतदेखिनै जिल्लामा उत्कृष्ट नतिजा ल्याउँदै अन्त कुनै ठाउँमा जानु पर्ने बाँध्यताको अन्त्य गराउँदै आएको जानकारी समेत विद्यालयका शिक्षाहरुले बताएका थिए ।