Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

म आफ्नै मेहनत , लगनशिलता , ईमान्दारिता र क्षमताले आएको हु ; मोडल प्रिति तमाङ

Monday, February 25, 2019 National Power

१३ , फागुन / काभ्रेपलान्चोक – बनेपा सिन्धुलि तिनपाटन गाउँपालिका ५ मा बस्नु हुने बाबु टेक बहादुर तमाङ र आमा राममायाँ तमाङको कोख बाट जन्मनुभएकी मोडल प्रिति तमाङ आज भोलि निकै चर्चामा आउनु भएको छ भर्खरै सार्वजनिक भएको कुटुकुटु कान्छू बोलको गित पनि धेरै नै चर्चामा आयो यस गितमा पनि प्रिति तमाङले निकै राम्रो अभिनय गरेर दर्शक श्रोताको मन जित्न सफल हुनु भएको छ । दर्जनौं म्युजिक भिडियो र हास्य टेलिसिरियल जिरे खुर्सानीमा समेत अभिनय गरिसक्नु भएको छ । प्रस्तुत छ काभ्रे बाट प्रकाशित नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले मोडल प्रिति तमाङसँग गरेको रमाइलो कुराकानी ;

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि म सुटिङ तिर ब्यस्त छु ।

० सुरुका दिनहरु बताउनुहोस कसरी कलाकारिता क्षेत्रमा लाग्नु भयो ?
काहिँ कतै गित बजेको सुनियो भने मलाई नाच्न मन लाग्थ्यो ,अनि टिभी तिर कुनै गित बज्नु हुदैन थियोे म नाचे गर्थे र मलाई रन्जिता गुरुङ र पार्बति राईको डान्स अभिनय हेरेर
प्रभाबित हुँदै मोडलिङ क्षेत्रमा आएको हु । हेरौं कतिको सफल हुन्छु ।

० अहिलेसम्म कति म्युजिक भिडियो वटा खेल्नु भयो ?
खासै गन्ती त गरेको छैन त्यस्तै दुई दर्जन जति भयो होला ।

० कस्तो खालको गीतमा बढी खेल रुचाउनु हुन्छ ?
यस्तो उस्तो भन्ने छैन म जुनसुकैमा पनि गर्छु अलि बढी
डान्सिङ , रोमान्ट्रिक, सेलो गित खेल्न मन लाग्छ ।

० मोडलीङ क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु भन्नू पर्छ , धेरै कलाकारले काम नपहिरहेको अबस्थामा मलाई भने अफर अइरहेको छ यसमा नै म खुसी छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
आफुमा लगनशिलता ,मेहनत , ईमान्दारिता र क्षमता भयो भने बाँच्न सकिन्छ जस्तो लाग्छ ।

० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
मलाई यस कलाकारिता क्षेत्रमा ल्याउन गायक रामशरण आलेको ठुलो हात छ म उहाँ सम्झन चाहान्छु ।

० तपाईंलाई पछि गएर कस्तो नायिका थाहा मोडल बन्न मन छ ?
मलाई दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने लोकप्रिय र देशको एउटा राष्ट्रिय कलाकार बन्न मन छ ।

० तपाईंले चलचित्रमा खेल्नु भएको छ रु कति वटा चलचित्रमा खेल्नु भएको छ ?
ठुलो पर्दाको चलचित्रमा खेलेको छैन हास्य टेलिसिरियल जिरे खुर्सानी, वके छत लगायतमा खेलेको छु ।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
आफुले गरिरहेको भएर होला मलाई सानो पर्दामा नै सजिलो लाग्छ ।

० तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
सेन्टि गितमा देबि घर्तिले गाउनु भएको घाइते मुटु बोलको गित हो त्यसै गरि रमाइलोमा गितमा गिता देबि र महेश नेपालले गाउनु भएको कुटुकुटु कान्छू बोलको गित निकै चर्चामा आएको थियो ।

० मोडलीङ क्षेत्र आएको बिकृति लाई कसरी लिनु भएको छ ?
मोडलिङ क्षेत्रमा जो सँग पैसा छ त्यो आएका छन् पैसा हुने सँग कला नभए पनि हुन्छ । पैसाको पावरले कलाकार बन्न आएका छ्न । यसको कुनै मापदण्ड बनेको छैन । मोडलिङ क्षेत्रमा पैसा वाला नक्कलि कलाकार आएर कलाकारिता क्षेत्रको बलत्कार गरिरहेका छ्न ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न रु के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
नाइ म यसमा सहमत छैन हिजोका दिनमा अङ्ग प्रदर्सन गर्नेहरु आजका दिनमा बिस्तारै सेलाउदै गएका छन् । मलाई लाग्छ अब उनिहरुले त्यस्तो गर्ने छैन ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
हा हा हा नाई अहिले सम्म कन्या कुमारी नै छु ।

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
आफ्नो भावना बुझ्ने सुखदुःखमा साथ दिने धनको गरिब भए पनि मनको धनी टाईपको भएको केटा हेर्ने छु ।

० तपाईंको विचारमा सेक्स के हो रु अनुभव छ कि छैन ?
हा.हा.मत भन्छु सेक्स प्राकृति बस्तु हो । जुन मान्छेको उमेर र जबानिमा हुने कुरा हो , अनुभव चाहिँ छैन ।

० अन्तमा ?
मलाई बोलाएर खाफ्नो ब्यक्तीगत जीवन र कलाकारिता क्षत्रको बारेमा दुई चार शब्द राख्ने मौका दिनु भयकोमा अरबिन्द्र गौतम र तपाईंको मिडियालाई धन्यवाद दिन चाहान्छु ।