Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

कलाकारिता क्षेत्रमा म आफ्नै मेहनतले आएको हुँ ; मोडल तथा नायक भिम खड्का

Tuesday, February 19, 2019 National Power

७ , फागुन / बनेपा – काभ्रेपलान्चोक पछिल्लो समयका युवापिडिका आशा र भरोसाका दियो भिम खडका,कैलालीको गोदावरी नगरपालिकामा बस्नु हुन्छ । डोटी जिल्ला कत्तरकुडी गाउँपालिका जन्मनुभएको मोडल तथा नायक भिम खड्का छोटो समयमै चर्चामा आउनु भएको छ । पोखरा सहर र चिसो ठाउँमा बस्न मन पराउने मोडल तथा नायक फुर्सदको समयमा कमेडिएन भिडियो हेर्ने बताउनु हुन्छ । पछिल्लो समयमा मोडल तथा नायक खड्काको चर्चा निकै बढेको छ । कलाकारिता क्षेत्रमा पुष्प खड्का र दिपिका पर्साई मन पर्ने बताउनु हुन्छ कलाकार बन्ने चाहाना भएर कलकारिता क्षेत्रमा आएको हु । मोडल तथा नायक भिम खड्का एउटा सफल कलाकार बन्ने बताउनु हुन्छ । अभिनय र नृत्य गर्ने मन पराउने खड्का आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले नव क्षितिज साप्ताहिका लागि मोडल तथा नायक भिम खड्कासँग गरेको रमाइलो कुराकानी

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आजभोलि म्युजिक भिडियोहरुमा ब्यस्त छु त्यति धेरै पनि बिजि छैन कहिले कता कहिले कता ठेगाननै हुदैन । यसरी नै दिनहरु बितिरहेका छन् ।

० सुरुका दिनहरुको बारेमा बताउनुहोस कसरी कलाकारिता क्षेत्रमा लाग्नु भयो ?
सुरुका दिनहरुमा म मुम्बईमा बस्ने गर्थे मेरो बाबाको मुम्बईमा सरकारि जागीर थियो म पनि बाबा ममिसँग त्यता नै बस्ने गर्थे उता बस्दा बस्दै म सोसियल वर्क क्ष्mाजबकष्क उचयवभअत पय पियरको रुपमा ३ बर्ष काम पनि गरे त्यसै बिचमा नेपाली कलाकारहरु लाई मुम्बईको प्रवास जस्तो ठाउमा नेपाली सास्कृतिक कार्यक्रमहरु पनि गर्दै जाँदा म जता भए पनि आफ्नो देशको गित संगित लाई माया गर्ने भएकोले मलाई यो क्षेत्रमामा लाग्ने प्रेरणा मिलेको हो भन्नू पर्छ । म यो क्षेत्रमा आफ्नै तरिकाले आफ्नै मेहेनेत र हिक्मतले आएको हो ।

० कसको प्रेरणाबाट कलाकारिता क्षेत्रमा लाग्नुभयो ?
म आफैले भारतको मुम्बई जस्तो ठाउँ बाट नै पहिलो चोटि म्युजिक भिडियो बनाएको थिए । सुरुका दिनहरुमा आफै निर्माण गरेर म्युजिक भिडियो भनाउने गर्थे मलाई पहिलो चोटि भिडियोमा काम गर्ने मौका चर्चित लोक पप गायक राम चन्द्र काफ्लेले रुप कि रानी गित बाट सांगीतिक क्षेत्रमा प्रवेश गर्ने मौका दिनु भएको थियो ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियो खेल्नु भयो ?
अहिले सम्म आधुनिक, लोक दोहोरी, पप, लोक पप, डिजे डान्स र देउडा लगायत ३ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको छु ।

० कस्तो खालको गीतमा बढी खेल रुचाउनु हुन्छ ?
म डान्स भन्दा अभिनय कर्ता हुँ त्यसैले मलाई सेन्टिमेन्टल गितमा अभिनय गर्न बढी मन पर्छ ।

० तपाईंले चलचित्रमा खेल्नु भएको छ रु कति वटा चलचित्रमा खेल्नु भएको छ ?
मैले सुदुर पश्चिम्मेली भाषामा बनेको चलचित्रूसौराइूमा मुख्य नायकको भुमिकामा काम गरेको छु अनि त्यसै गरि दुई तिन वटा सट फिल्ममा पनि काम गरेको छु ।

० समय लाई कसरी मिलाउनु हुन्छ गर्‍यो हुदैन चारै तिर काम गर्ने ?
समय लाई मिलाउन त्यति गार्हो त छैन किनकि म अहिले कुनै ब्यबसाय तिर पनि आवद्ध छैन तर कहिले काहीं घरतिरको काममा पनि समय दिनु पर्ने हुन्छ । म घरको जेठो छोरो हुदा कामकाजहरु पनि मेरो टाउकोमा भार परेकोले मैले यो क्षेत्रमा त्यति समय दिन सकेको छैन ।

यो क्षेत्रमा लाग्नु भाको कति भयो ?
म यो क्षेत्रमा लागेको पाँच बर्ष भयो ।

० यस क्षेत्रमा लाग्नको लागि पारिवारिक सहयोग कत्तीको पाउनु भयो ?
मैले यस क्षेत्रमा लाग्नको लागि पारिवारिक सपोट पाएको छैन म आफ्नै मेहेनेत र हिक्मतले नै काम गरिरहेको छु हेरौं पछि गएर कतिको सफल हुन्छ ।

० मोडलीङ क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
मान्छे सन्तुष्ट त कहिले हुन्छ र म पनि त्यो भित्रको एक हुँ ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
मोड्लिङ क्षेत्र बाट बाच्न त सार्है गर्‍यो छ यो क्षेत्र सँग सँगै केही व्यावसाय गर्ने जरुरी छ जस्तो लाग्छ मलाई ,

० तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
चर्चा त आफ्नो आफ्नो ठाउँमा र समय अनुसार सबै गितहरु पाएका छन् ।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
काम गर्न सजिलो ठूलो पर्दा भन्दा मलाई थोरै सानो पर्दामा नै सजिलो लाग्छ ।

० तपाईंलाई पछि गएर कस्तो नायिका थाहा मोडल बन्न मन छ ?
मलाई पछि गएर सबै दर्सक बिन्दहरुको मन मुटुमा बस्न मन छ र सबै लोकप्रिय हुन मन छ ।

० मोडलीङ क्षेत्र आएको बिकृति लाई कसरी लिनु भएको छ ?
मोड्लिङ क्षेत्रमा आएको बिकृतीले हाम्रो नेपाली समाजमा केही नराम्रो असर पार्ने होकि भन्ने लाग्छ गितको भिडियो लाई हिट बनाउन केही मोडेल केटिहरु लाई नङ्ग्याउने गरेको पाइन्छ गितहरु पनि छाडा शब्दहरु प्रयोग गरेको पाइन्छ यसले गर्दा हाम्रो नेपाली समाजमा पछि गएर केही नकारात्मक असर पार्ने होकि भन्ने डर लाग्छ ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न रु के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
चर्चा कमाउन र भिडियो गित लाई हिट बनाउन अङ्ग प्रदशन गर्नु पर्ने नै छ भन्ने छैन त्यो हाम्रो गलत सोच हो । गित हिट र मोडेलहरु ले चर्चा कमाउन त राम्रो शब्द र संगीत मिलेको कथा बस्तुले मागे अनुसारको आफू फिट हुने गितमा भुमिका निर्वाह गर्नु नै उत्तम होला जस्तो लाग्छ ।

० अन्तमा ?
मलाई माया गर्नु हुने सबै दर्शक श्रोताहरुलाई मेरो काम लाई हेरिदिनु होला कलाकारिता क्षेत्रलाई माया गर्नु होला तपाईंहरुको मिठो सल्लाह र सुझाव बाट नै हामी अगाडि बडने मौका मिल्ने छ भन्न चाहान्छु साथै काभ्रे बाट प्रकाशितहुने नव क्षितिज साप्ताहिक परिवार र मलाई मौका दिनु हुने अरबिन्द्र गौतम लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।