Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

कलाकारिता क्षेत्रबाट एकदम सन्तुष्ट छु ; मोडल तथा निर्देशक सबिन गौतम

Tuesday, February 12, 2019 National Power

माघ , २९ / बनेपा – काभ्रेपलान्चोक जिल्ला कोशीपारी चौरी देउराली गाउँपालिकाको ५ तुसारेमा जन्मनुभएका मोडल तथा निर्देशक हुन सबिन गौतम जन्म भुमि काभ्रेपलान्चोक भएपनि कर्मभुमी बन्न पुग्यो काठमाडौं बुबा रमेश कुमार गौतम र आमा कमला देवी गौतमको कान्छो छोरा हुन मोडल तथा निर्देशक सबिन गौतम २५ बर्षका गौतम सर्बप्रथम कुक थियो पछी बिस्तारै कलाकारिता क्षेत्रमा रुचि भएर कलाकार बनेको बताउनु हुन्छ ।


२०७२ साल देखी अभिनय लाई निरंतरता दिदै आएका छन सबिन गौतमले काठ क्षेत्रका एक मोडल र निर्देशक हुन् म्युजिक भिडियो लाई काठ क्षेत्रकै फरक किसिम फरक शैली र फरक अभिनयमा मोडल सबिन गौतम लाई देख्न सकिन्छ । छोटो समयमा मोडल बिधा बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गौतम को अभिनयले काठ क्षेत्रको गित एउटै हुने चाहना लाई थप उचाईमा पुर्याएको अनुमान दर्शक स्रोताहरुले गरेका छन् । काभ्रेली सबिनले यस अघि पनि थुप्रै नेपालीहरुको मन मुटुमा बस्ने गरि धेरै म्युजिक भिडियो गरिसकेका छन भने विभिन्न म्युजिक भिडियो गितलाई आफ्नै निर्देशन र अभिनय गर्न समेत सफल हुनु भएका छ्न ।
प्रस्तुत छ काभ्रेपलान्चोक बाट प्रकाशित नव क्षितिज साप्ताहिकका लागी अरबिन्द्र गौतमले गरेको रमाइलो कुराकानी ;

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि आफ्नो काम कला प्रती ब्यस्त छु ।

० सुरुका दिनहरुको बारेमा बताउनुहोस न कसरी कलाकारिता क्षेत्रमा लाग्नु भयो ?
सुरुमा मलाई एक जना अग्रज सरले कसैलाइ नभन्नु मुभीमा हिरोको भाइको रोल दिन्छु भन्नू भएको थियो । त्यसमा पनि बर्गनिङ रैछ स्वमेरो मनले मानेन र म्युजिक भिडियो गर्ने निर्णय लिए यसैगरी कलाकारिता क्षेत्रमा आएको हु ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा , भिडियो निर्देशनको काम गर्नु भयो र कति वटा म्युजिक भिडियोमा अभिनय गर्नु भयो ?
मैले अहिले सम्म निर्देशन त एउटामा मात्रै गर्न सफल भएको छु यसलाई पनि दर्शक स्रोताहरुले मन पराइदिनु भएको छ म खुशी छु म्युजिक भिडियोहरु भने १२ -१५ वटामा अभिनय गर्न सफल भएको छु ।

० कसको प्रेरणाबाट कलाकारिता क्षेत्रमा लाग्नुभयो ?
मेरो प्रेरणाको कुरा गर्नुपर्दा बाटो देखाउन खोज्ने एक अग्रज गुरु मन्दिप राना मगर हुनुहुन्छ , उहाँ लाई सम्झन चाहान्छु ।

० मोडलिङ गर्ने गाह्रो कि नृत्य निर्देशन गर्ने गार्‍हो ?
काम कामनै हो गाह्रो त सबै गाह्रो हुन्छ तर मेरो रुचि अलि पछि आएकोले यो उमेरमा नृत्य गर्न सारै गर्यो भएको छ तैपनी संघर्स गर्दै छु । एक दिन सफल कलाकार भएर दर्शक स्रोताहरु मन मुटुमा बस्ने छु ।

० एउटा सफल कलाकार बन्नको लागि के के कुराको आवश्यकता पर्दछ ?
एउटा सफल कलकार बन्नको लागि मेरो अनुमानमा अग्रज कलकारहरु सँगको सम्बन्ध राम्रो हुनुपर्छ , मानिस हेर्दामा राम्रो मात्र भएर हुदैन बोलिचाली ब्यवहारमा पनि राम्रो हुनु पर्दछ र आफू सँग भएको कलाहरु भन्दा पनि धेरै अग्रज सर मिसहरु सँग सिक्नु पर्दछ ।

० कलाकारिता क्षेत्रमा कला देखाउन आउने हो तर कलाकारहरुले कलाकारिता क्षेत्रमा आएर राजनीति गर्दछ्न किन ?
कलकारिता क्षेत्रलाई पैसा कमाउने पाटो अथवा व्यावसाय बनाएका छन राजनिती बाट तर यो उचित होइन जस्तो लाग्छ ।

० यस क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदम सन्तुष्ट छु र खुशी पनि छु किनकि दर्शकहरुको माया छ र पहिला लगानी गर्थे अहिले लगानी गर्नु परेको छैन ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
मेरो अनुमानमा मलाई र अबका नयाँ अग्रज कलकारहरु लाई त गाह्रो छ त्यसैले पर्सनल काम लाई पनि निरन्तरता दिदै छु ।

० बिबाह गर्नु भएको छ ?
हा हा हा बिवाह गर्न त समय हो ।

० मोडल तथा नायिकाहरु बाट तपाईंलाई कुनै अफर आएका छ्न कि छैन ?
मलाई त्यस्तो कुनै अफर आएको छैन ।

० तपाईं लाई पछि गएर कस्तो कलाकार बन्न मन छ ?
मलाई पछि गएर सम्पुर्ण दर्शक र अग्रज कलकारहरुको प्यारो कलकार बन्न मन छ ।

० मोडल तथा नायिकाहरुले अहिले पछीले समय चर्चामा आउनको लागि अङ्ग प्रदर्सन गरेर छ्न रु के चर्चामा आउन अङ्ग प्रदर्सन गर्नु पर्ने हो ?
कलकारले अङ्ग प्रदर्शन गर्ने होइन आफुमा भएको कला देखाउने हो र चर्चामा आउन आफ्नो शरीरमा भएका कपडा उतार्नु पर्छ भन्ने पनि छैन ।

० तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
मैले अभिनय गरेको अहिलेसम्म चर्चामा आएको ,औँठी चिनो छ , गित हो जुन गित दिनेश काफ्ले र काव्य आचार्यले स्वर दिनु भएको छ भने भोजराज काफ्लेको लय शब्द रहेको छ ।

० भविष्यको योजना केही छ ?
भविष्यको योजना त एउटा म्युजिक कम्पनी खोल्ने र सम्पुर्ण अग्रज कलकारहरु लाई सरल र सुलभ तरिकाले अगि बढाउने र सबै को मन मुटुमा बस्न मन छ ।

० अन्तमा ?
अन्तमाअति महत्त्व पुर्न समय दिएर मेरो इन्टरर्भिउ लिनु भएकोमा तपाईं अरबिन्द्र सर हजुर लाई धेरै धेरै धन्यवाद साथै तिता मिठा कुरा पढ्ने समय मिलाइदिनु हुने सम्पुर्ण आदरणीय दर्शकहरुलाई धेरै धेरै धन्यवाद र अबका दिनहरुमा पनि मेरो अभिनयमा रहेको ,औँठी चिनो छ , जस्तै गरिअरु नयाँ नयाँ अभिनयहरु लाई हेरेर माया गर्दिनु होला भन्न चहान्छु ।