Thursday 26th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

कलाकारिता क्षेत्रबाट बाँच्न सकिन्छ ; कमेडिएन कलाकार भगवान खत्री

Monday, February 4, 2019 National Power

माघ , २१ / बनेपा – काभ्रेपलान्चोक जिल्ला जन्मिएर नेपाली कलाकारिता क्षेत्रमा बिस्तारै आफ्नो पाईला सार्दै दर्शकहरुको नजरमा पर्दै गरेका एक कमेडिएन कलाकार हुन् भगवान खत्री ।आज भोलि मेला महोत्सवमा उनको निकै चर्चा हुने गरेको छ ।नयाँ नयाँ ठाउँ गुम्न , अवलोकन गर्ने मन पराउने कमेडिएन खत्री कलाकार बन्ने चाहाना भएर यस क्षेत्रमा लागेको बताउनु हुन्छ । एउटा सफल कलाकार बन्ने धेरै नै मेहनत गरेको र कमेडिएन क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउनु छ भगवान खत्री भन्नू हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले नव क्षितिज साप्ताहिका लागि कमेडिएन कलाकार भगवान खत्रीसँग गरेको रमाइलो कुराकानी

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि म मेला महोत्सव र सुटिङ तिर नै छु। हास्य टेलिश्रीङ्खाला फोकटलालमा अलि ब्यस्त रहेको छु ।

० सुरुका दिनहरुको बारेमा बताउनुहोस न कसरी कलाकारिता क्षेत्रमा लाग्नु भयो ?
म सानै देखि ठूल ठूला नेता र कलाकार को क्यारिकेचर गर्ने गर्थे र मैले गरेको क्यारिकेचर सबै मन पराउनु भयो अनि यस क्षेत्रमा आउने चाहाना बढदै गयो र अहिले कमेडिएन क्षेत्रमा आएको छु । मलाई कलाकारिता क्षेत्रमा ल्याउन आदरणीय दाई राजेश तिमल्सिनाको ठुलो हात छ म उहाँ लाई सम्झन चाहान्छु ।

० तपाईंलाई अहिले दर्शक श्रोताले कति वटा टेलिसिरियलमा हेर्न पाउछ ?
प्रत्येक हप्ताको शनिबार एनटिभि पल्समा हास्य टेलिशृङ्खला फोकटलालमा देख्न सक्नु हुन्छ र मेरो निर्देशनमा अर्को टेलि चलचित्रको काम हुदै छ चाडै सबै समक्ष आउँछ ।

० कमेडिएन कलाकार बन्नुको कारण ?
मैले ठूला नेता र कलाकारको क्यारिकेचर गर्ने गरेको थिए सबले मन पराउनु भयो अनि म कमेडि क्षेत्रमा नै लागे फल सोरुप आज म मेरो निर्देशमा अर्को हास्य टेलि चलचित्र छ्ड्के सलामको छायांकन धमाधम गरिरहेको छु र यसरी नै कमेडिएन कलाकार भए ।

० कमेडिएन कलाकारले दर्शक श्रोता लाई हसाउन कतिको गर्‍यो छ ?
धेरै नै गर्‍यो छ त्यो त दर्शक श्रोताहरुमा भर पर्ने कुरा हो कोहि हाँसी हाल्नु हुन्छ कोहि कोही लाई हसाउने धेरै गर्‍यो हुन्छ ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदम सन्तुष्ट नै छु भन्नु पर्छ आफुले रोजेको क्षेत्र भएको कारणले म धेरै खुसी छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
सकिन्छ किन नसक्नु आज भोलि बाँच्न गर्‍यो छैन ।

० कमेडिएन कलाकार बन्न कतिको गर्‍यो छ अब आउने कमेडिएन कलाकार लाई के सुझाव दिनु हुन्छ ?
गार्‍हो त धेरै नै छ जुनसुकै क्षेत्रमा काम गर्न गर्‍यो छ कुनै पनि क्षेत्रमा काम गर्न सजिलो हुदैन । म अब आउने कमेडिएन कलाकारहरु लाई सबै कुरा सिकेर बुझेर अगाडी बढनुहोस भन्न चाहान्छु अबस्य पनि एक दिन लक्ष्यमा पुग्न सकिन्छ भन्छु ।

० भविष्यमा गएर कस्तो कलाकार बन्न मन छ ?
कलाकारिता क्षेत्रमा रहेर समाज र देशलाई चिनाउनु छ र एउटा सफल कलाकार बन्नु छ र आफ्नो दर्शकहरु लाई खुशी राख्नु छ ।

० अन्तमा दर्शक श्रोता लाई के भन्न चाहानु हुन्छ ?
हामी कलाकार भनेको भक्त हो , दर्सक भनेको एउटा पबित्र मन्दिर हो जुन हजुरहरुको माया र साथले गर्दा आज यो स्थानमा पुगेको छु अझै हजुरहरुले माया गर्नु हुन्छ भन्ने आशा गरेको छु दर्सकको दुख , पिरलाई मैले गरेको कमेडि बाट आन्न्दित पर्ने पाँउ भन्न चाहान्छु । साथै तपाई लगायत तपाईंको मिडिया लाई धेरै धेरै धन्यवाद मेरो मनको कुरा राख्ने मैका दिनु भएकोमा ।