Thursday 26th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

कलाकारिता क्षेत्रबाट सन्तुष्ट छु ; दाहाल

Wednesday, January 30, 2019 National Power

अरबिन्द्र गौतम / बनेपा
माघ , १६ / काभ्रेपलान्चोक – बनेपा नेपाली कलाकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने लक्ष्य लिएर कलाकारिता क्षेत्रमा प्रवेश गरेका दाहाल बाल्यकालदेखि नै कलाकारितामा रूचि राख्ने गर्थे पछि बिस्तारै उनले विभिन्न सर्ट मुभि, चलचित्रका साथै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

काभ्रे जिल्लामा जन्मिएका सिरोज दाहाल कलाकारिता क्षेत्रमा आज भोलि नै ब्यस्त देखिन्छन् । कलाकारिता क्षेत्रमा लागेका दाहाल यस क्षेत्र बाट नै केही गर्ने सोचले लागी परेका छ्न भन्छन् हाम्रो देशलाई कलाकारिता क्षेत्र बाट म बिश्वसामु चिनाउन चाहान्छु ।

दाहाल बिगत ३ बर्ष देखि कलाकारिता क्षेत्रमा क्रियासिल छन् सुरु सुरुमा कभर म्युजिक भिडियोमा डान्स गर्दै आएका उनी अहिले ठुलो पर्दा सम्म आएका छन् भने केही समय अगाडि बनाइएको फिल्म अहिले सम्पादनको काम भैरहेको बताउछन्

दाहाल कलाकारिता क्षेत्रबाट सन्तुष्ट भएको कारणले नै आज सम्म यस क्षेत्रमा रहिआएको र यस क्षेत्र बाट नै जिबन बिताउने सोचमा रहेका छन । भन्छन् कलाकारिता क्षेत्र बाट बाँच्न सकिन्छ हामीसँग राम्रो कला हुनु पर्छ हाम्रो कलाले दर्शक श्रोताको मन जित्न सकेमा कलाकारिता क्षेत्र बाट बाँच्न सकिने दाबी गर्दछन ।

जिबनमा अनेकौ दुख पिडा झेलेपनी सुख दुख सँग लड्दै एउटा सफल कलाकार बन्ने सोच लिएर हिडेका दाहाल फेसन शोमा पनि हिनिरहेका छ्न । भबिस्यमा अझै आइपर्ने दुख सुख झेल्दै खटिएर काममा लागि परियो भने अबस्य राम्रो गर्न सकिन्छ भन्ने सोच लिएर हिडेका उनी एउटा सूखी परिवारका ब्याक्ति हुन घर परिवार बाट नै उनी पहिलो कलाकारिता क्षेत्रमा प्रवेश गरेका छन् ।