Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

सफल नायिका बन्न् मन छ ; मोडल तथा नायिका अरिया बस्नेत

Wednesday, January 30, 2019 National Power

काभ्रेपलान्चोक – बनेपा रामेछापमा जन्मिएकी मोडल तथा नायिका अरिया बस्नेत नेपाली कलाकारिता क्षेत्रमा आउन सुरुका दिनहरुमा निकै मेहनत गरेर यस क्षेत्रमा आएको बताउनु हुन्छ । सुरु सुरुमा म्युजिक भिडियो र फिल्महरु पाउनको लागि निकै मेहनत र दुख गर्नु पर्यो पाँच बर्षको अन्तरालमा धेरै कुरा सिक्न पाइयो । ७ वटा फिल्म , २५ वटा जति म्युजिक भिडियोमा र धेरै वटा डकुमेन्ट्री ,सट फिल्ममा अभिनय गरिसक्नु भएको छ भने आज भोलि मोडल तथा नायिका अरिया बस्नेतको चर्चा बढी नै हुने गरेको छ । एउटा सफल कलाकार बन्नको लागि निकै मेहनत र दुख गर्नु परेको बताउनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले नव क्षितिज साप्ताहिका लागि मोडल तथा नायिका अरिया बस्नेतसँग गरेको रमाइलो कुराकानी ;

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि म म्युजिक भिडियो र टेलिश्रियल तिर नै ब्यस्त छु

० कलाकारिता क्षेत्रमा कसरी लाग्नु भएको हो ?
मलाई सानै देखी कलाकारिता क्षेत्रमा जाने चाहाना भएकोले र मेरो बाबाको पनि सपना थियो छोरी हिरोईन बनोस् भनेर त्यसैले म यस क्षेत्रमा लागेको हु सुरु सुरुमा निकै मेहनत र दुख गर्नु पर्यो

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
मैले अहिले सम्म २५ वटा जति म्युजिक भिडियोमा अभिनय गरे ।

० यस क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु त्यहीँ भएर आज सम्म निरन्तरता दिदै छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
क्षेत्र बाट बाँच्न अलि गार्‍हो छ जस्तो लाग्छ मलाई
हेर्दै जाउ के हुन्छ अब

० तपाईंलाई पछि गएर कस्तो नायिका तथा मोडल बन्न मन छ ?
दर्शक श्रोताले मन पराउने खालको, सबैको मन मुटुमा बस्न मन छ र आफ्नो एउटा छुट्टै पहिचान बनाउन मन छ ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
छैन ,

० तपाईंलाई त्यस्तो कुनै अफर आएका छैन्न केटाहरु बाट ?
अफर त धेरै नै आएका छन् तर मलाई कुनै मतलब छैन

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
मेरो काम , लाई आफ्नो सम्झने सहयोग गर्ने साथ दिने राम्रो छवि भएको केटा हेर्छु ।

० पहिलो प्रेम पत्र ?
आएको छ मैले अहिले सम्म कसैलाई दिएको छैन ।

० सेक्स के हो , अनुभव छ कि छैन ?
यो प्रश्न नगर्नुहोस् यसको बारेमा दुनियाँ लाई थाहा छ मैले भनि राखनु पर्दैन ।

० भविष्यको योजना ?
एउटा सफल नायिका बन्न् मन छ ।

० अन्तमा ?
मेरो कलाकारिता लाई देश बिदेश बाट मन पराइदिनु भएकोमा सबै लाई धेरै धेरै धन्यवाद । सदैब मलाई यसैगरी साथ दिनु होला भन्न चाहान्छु । साथै तपाईं लगायत तपाईंको मिडिया लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।