Thursday 26th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

जिस्म-२’ फिल्ममा हट सिन ; नायिका नमिता खड्का

Monday, January 21, 2019 National Power

‘जिस्म-२’ राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र हो हिट चलचित्रका मात्र सिक्वेल बन्ने गर्ने चलन बिपरित गिरीले ब्यबसायिक रुपमा असफल चलचित्र ‘जिस्म’ को सिक्वेल बनाउने आँट गरेका छन् चलचित्रमा रमेश विश्वकर्मा, नमिता खड्का, रेजिना भण्डारी,सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापाको मुख्य भूमिका रहेको छ। सुचिन्द्र परियारले निर्देशन गरेको चलचित्रमा संगीत योगेश काजि र लक्ष्मण पौड़ेलको रहेको छ भने द्वन्द अशोक खड्काको रहेको छ । प्रस्तुत छ अरबिन्द्र गौतमले नव क्षितिज साप्ताहिका लागि ‘जिस्म-२’ को नायिका नमिता खड्कासँग गरेको रमाइलो कुराकानी ;

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
अहिले अलि अलि बिजि नै छु भर्खरै ‘ जिस्म(२’को सुटिङ सकिएको छ । आज भोलि यता तिर नै छु भन्नू पर्छ ।

० ‘ जिस्म-२’ बाट दर्शक कतिको मनोरञ्जन लिन पाउछन् ?
‘ जिस्म-२ दर्शक बिन्दहरुले भरपुर मनोरञ्जन लिन पाउनु हुनेछ । फिल्म जानकारी मुलुक पनि छ महिला लाई परेको समस्य महिलाले नै कसरी समाधान गर्दछ्न भनेर देखाउन खोजीएको छ र माया प्रेममा आधारित रहेर बनाइएको छ ।

० तपाईंले अर्चना पनेरुको भन्दा हट सिनहरु दिनु भएको छ रे त्यो त पछि देख्न पाइन्छ अहिले भन्दिनुहोस तपाईंले कतिको हट सिनहरु दिनु भएको छ ?
हो तपाईंले सहि कुरा गर्नु भयो फिल्म हेरे पछि सबै देख्न पाँउनु हुनेछ तपाईंले सोचेको जस्तो केही छैन यो फिल्म जिस्म १ भन्दा धेरै फरक खाल्को फिल्म बनेको छ । हट सिनहरु दिएको नदिएको भनेर फिल्म हेर्नुस् । अनि हजुर लाई नै थाहा हुन्छ ।

० अर्चना पनेरुले पोन मुभी खेल्छु भनेर लागेकोले धेरै हट सिन दिनु भएको थियो , तपाईंले झन अर्चना पनेरुको भन्दा बढी हट सिन दिनुभएको छ रे किन ?
मैले बनिसकेको छु हट सिन छ कि छैन दिएको नदिएको त्यो त फिल्म हेरेपछि मात्र थाहा हुन्छ अहिले यस्तो छ भनेर भन्ने मात्रै हो ।

० ‘ जिस्म- २’ फिल्म घरका सबै परिवार गएर हेर्न हुँदैन भन्छन दर्सकहरु के यो सत्य हो ?
होइन यो कुरा गलत हो , ‘ जिस्म-२’ फिल्म घर परिवार गएर हेर्न मिल्ने फिल्म हो । यो घर परिवार समाज लागि बनेको फिल्म हो सबै जना गएर हेर्नू होला ।

० तपाईं किन ‘ जिस्म-२’ बाट नै चलचित्र क्षेत्रमा भित्रनु भएको हो अरु फिल्म बाट पनि आउन सकिन्थ्यो ?
मेरो अरु पनि दुई तीन वटा फिल्महरु रहेका छ्न । यो फिल्म हलमा पहिला लाग्दै छ त्यसैले पहिलो भनीएको हो अरु फिल्महरु पनि छ्न ।

० तपाईं नै भन्दिनुस यो कस्तो प्रकारको फिल्म हो ?
विशेष गरि यो समाजको लागी बनाइएको सामाजिक फिल्म हो । पारिवारिक र जानकारी मुलुक फिल्म हो कमेडी र लभ स्टोरी पनि रहेको छ समग्रमा भन्नू पर्दा फिल्म राम्रो बनेको छ सबैले हलमा गएर हेर्दिनु होला ।

० निर्माता तथा निर्देशकले नायिकाहरुलाई विभिन्न प्रकारका अफर गरेर मात्र फिल्म खेलाउछ्न भन्ने गरिन्छ रु तपाईं लाई त्यस्तो कुनै अफर आएका थिए ?
अहिलेसम्म मलाई त्यस्तो अफर आएको छैन एक त आफू काममा राम्रो गर्ने हुनु पर्यो जसले यो क्षेत्र लाई बुझेको छैन त्यसलाई आउदछ अफर मलाई चही अहिले सम्म आएको छैन ।

० अन्तमा ?
‘ जिस्म-२’ फिल्म एकदम राम्रो बनेको छ सबैले आफ्नो घर परिवार गएर फिल्म हेर्दिनु होला फिल्म यहीँ बैशाख २० देखि नेपाल भर सबै हलहरुमा लाग्दै छ । फिल्म बाट हजुरहरुले भरपुर मनोरञ्जन लिन पाउनु हुनेछ भन्न चाहानछु । साथै तपाईं लगाएत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनु भएकोमा विशेष धन्यवाद