Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

कलाकारिता क्षेत्रमा रहेर समाज र देशलाई चिनाउनु छ ; मोडल सुजना ढकाल

Saturday, December 29, 2018 National Power

 

काभ्रेपलान्चोक – सुजना ढकाल नेपाली कलाकारिता क्षेत्रमा आएको पाँच छ वर्ष भयो । ४०, ४५ वटा म्युजिक भिडियो र २ वटा फिल्ममा अभियन गरिसकेकी ढकाल बीचमा दुई वर्ष कलाकारिता क्षेत्रबाट टाढिइन । तौल घटाउन दुई वर्ष मिहेनत गरेकी ढकाल अव फेरि फिल्मी क्षेत्रमै जम्ने सोच भएको बताउँछिन् । धेरै म्युजिक भिडियोमा अभिनय गरे अव चाहिँ फिल्म खेल्न पर्फेक्स भएको छु । फिल्ममा करिअर बनाउने सोच छ । भविश्यमा राम्रो कलाकार बन्ने लक्ष्य छ ।

झापा जिल्ला जन्मिएर नेपाली म्युजिक भिडियो क्षेत्रमा बिस्तारै आफ्नो पाईला सार्दै दर्शकहरुको नजरमा पर्दै गरेकी एक मोडल सुजना ढकाल  पछिल्लो समय उनि मेला महोत्सवहरुमा आफ्नो प्रस्तुति दिन अलिक बढी ब्यस्त रहेकी छिन् प्रस्तुत छ अरबिन्द्र गौतमले मोडल सुजना ढकालसँग गरेको रमाइलो कुराकानी

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि म सुटिङ तिर नै छु
त्यति धेरै नै बिजि पनि छैन । म्युजिक भिडियो आउदै छन् त्यसको लागि सुटिङ तिर नै छु ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
मैले अहिलेसम्म ४०,४५ भन्दा माथी नै म्युजिक भिडियोमा अभिनय गरे

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
भर्खर यो क्षेत्रमा लागेको पाँच छ बर्ष भयो अब म बल्ल फिल्म खेल्न पाको भएको छु अब बिस्तारै निरन्तरता दिन्छु । म एकदम सन्तुष्ट नै छु भन्नु पर्छ आफुले रोजेको क्षेत्र भएको कारणले म धेरै खुसी छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
मलाई परिवारको साथ र सहयोग छ ।
सबैको साथ र सहयोग भयो भन्ने बाँच्न सकिन्छ

० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
सुरुमा काम गर्दै गए पछी इन्ट्रेस बढदै गयो अनि लागे घर परिवारको साथ सहयोग र प्रेरणाबाट नै म यस क्षेत्रमा लागे

० तपाईंलाई पछि गएर कस्तो नायिका तथा मोडल बन्न मन छ ?
मलाई म्युजिक भिडियोमा काम गर्ने एकदम मन पर्छ । यस्तो नै भन्ने त छैन तर समाजमा पचने खालको भुमिका निभाएर आफ्नो कला देखाउन सक्ने एउटा नायिका जो दर्शकहरुको मन मुटुमा बस्न मन छ र सबैले चिन्ने टाईपको बन्न मन छ ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
भर्खरै २३ बर्षको भए म भन्दा माथी दुई वटा दिदीहरुको त भएको छैन मेरो कहाँ बाट हुनु अहिले नै बेला भएको छैन बिबाहको लागि धेरै समय बाँकी छ ।

तपाईंलाई त्यस्तो कुनै अफर आएका छैन्न केटाहरु बाट ?
अफर त धेरै नै आउछ्न तर मलाई वास्था लाग्दैन

० पहिलो प्रेम पत्र ?
छ कक्षा पढ्दा आएको थियो ।

० सेक्स के हो तपाईंको विचारमा ?
मेरो विचारमा सेक्स एउटा प्राकृति नियम हो ।

० सेक्सको अनुभव छ ?
यो मेरो आफ्नो पर्सनल कुरा हो।

० तपाईंका केहि नेकेट फोटोहरु पनि भेटीएका थिए यस्तो कसरी भयो कसरी हुन आयो ?
यसमा म केही बोल्दिन ,

० भविष्यको योजना ?
कलाकारिता क्षेत्रमा रहेर समाज र देशलाई चिनाउनु छ र एउटा सफल कलाकार बन्नु छ र आफ्नो दर्शकहरु लाई खुशी राख्नु छ ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न रु के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
अहिले सबै दर्शक हरु बुज्ने हुन्नुहुन्छ । आफुलाई कति सम्म गर्दा राम्रो हुन्छ आफुले बुझुनु जरुरी छ चर्चा कमाउनको लागि अङ्ग प्रदर्सन गर्नु पर्छ जस्तो लाग्दैन किनकि कलाकारिता क्षेत्रमा कला देखाउने हो जो सँग कला नै हुदैन त्यसले अङ्ग प्रदर्सन गर्दछ र कला भएको ले कहिले पनि अङ्ग प्रदर्सन गर्नु पर्दैन बस आफ्नो कला देखाए हुन्छ ।

० अन्तमा ?
अन्तमा सम्पुर्ण दर्शकहरुलाई मैले गरेको काम हेरिदिनु होला माया गरिदिनु होला मलाई हजुर हरुको साथ र सहयोगको आवश्यकता छ भन्न चाहान्छु साथै तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद