Thursday 26th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

कुनै समयमा प्रेम थियो : मोडल तथा बेली डान्सर बिनु शाक्य

Sunday, December 16, 2018 National Power

 

काभ्रे – सिन्धुपाल्चोक जिल्लामा जन्मनुभएकी मोडल तथा बेली डान्सर बिनु शाक्य छोटो समयमै चर्चामा आउन सफल मोडल तथा बेली डान्सरमा पर्नु हुन्छ । करिब ६ वर्षदेखि बेली डान्स गर्दै आएकी उनले म्युजिक भिडियो मोडलिङ यात्रा योभन्दा अगाडिबाट नै गरेको बताउनु हुन्छ । नृत्यलाई नै आफ्नो प्यासन मान्ने उनी डान्स गर्ने , म्युजिक सुन्न , नाटक गर्ने मन पर्ने बताउनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले मोडल तथा बेली डान्सर बिनु शाक्य सँग गरेको रमाइलो कुराकानी :

० कार्यक्रममा तपाईंलाई स्वागत छ !
हस् धन्यवाद

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
भर्खर दुई वटा राम गए र रातो टुनि म्युजिक भिडियो रिलिज भएका छन् । अहिले स्टेज प्रोग्राममा र मेला महोत्सवमा नै अलि ब्यस्त छु ।

० बेली डान्स कस्तो डान्स हो ?
–बेलि डान्स ईजिप्ट बाट सुरु भएको डान्स हो । यो स्पेसल्ली पेटलाई नै फोकस गरेर गरिने एक प्रकारको नृत्य हो । यो नृत्य गर्दा पेटका मुमेन्टहरू धेरै चलाउनुपर्छ ।

० यस क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु त्यही भएर आज सम्म निरन्तरता दिदै छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
मेहनत गर्ने हो भने बाँच्न धेरै गार्‍हो छैन ।
मेरो छुट्टै जागीर पनि ,पढदै पनि छु ।

० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
डान्स केहो भन्नी थाहा नहुने उमेर बाट नै मैले सुरु गरेको डान्स गर्ने , मलाई मेरो दिदिहरुले डान्स सिकाउनु हुन्थ्यो । पछि आफुले बुझ्दै गए पछि चाहाना बढदै गयो अनि यस क्षेत्रमा लागे ,

० तपाईंले अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भएको छ ?
मैले अहिलेसम्म १७ , १८ वटा म्युजिक भिडियोमा खेलेको छु ।

० तपाईंलाई पछि गएर कस्तो मोडल तथा बेलि डान्सर बन्न मन छ ?
यस्तो नै भन्ने छैन , मलाई डान्स मन पर्छ , सबै प्रकारका गितमा डान्स गर्ने पाउ र बेलि डान्स मात्रै नभएर अरु सबै डान्स बाट आफुलाई चिनाउन सकु यस्तै बन्न मन छ ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
छैन ,

० तपाईंलाई त्यस्तो कुनै अफर आएका छैन्न केटाहरु बाट ?
आउछन् तर अझै बिबाहको लागि धेरै समय छ । पहिला केही बन्नु छ अनि बिबाहको लागि सोचौंला

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
मेरो बानी , मेरो काम , लाई आफ्नो सम्झने सहयोग गर्ने साथ दिने राम्रो छवि भएको केटा हेर्छु ।

०तपाईंले कसैलाई प्रेम गर्नु भएको छ अहिलेसम्म ?
कुनै समयमा थियो अहिले छैन ।

० तपाईलाई रोजेको व्यक्तिसँग डेट जाने अवसर दियो भनेको रोज्नु हुन्छ ?
प्रदीप खड्का नै रोज्छु ,

० पहिलो प्रेम पत्र ?
स्कुलमा पढ्दा आएको थियोे ।

० मोडल, डान्सर तपाईं, आफ्नो सौन्दर्यको कति ख्याल गर्नुहुन्छ ?
सौन्दर्यतिर त ध्यान दिनुपर्छ , ख्याल पनि गर्छु ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न रु के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
सदैब आफ्नो कला लाई प्राथमिकता दिन्छु । अङ्ग प्रदर्सन गरेर चर्चामा आउनु छैन मलाई अङ्ग प्रदर्सन उमेर छन्जेल हो । काल भन्नेको जिबन भरि नै आफ्नो लागि रहिरहन्छ ।

० भविष्यको योजना केही छ कि ?
–सानैदेखि कोरियोग्राफर बन्ने सोच थियोे प्रयास गर्दै छु र कला क्षेत्रमा नै जिबन बिताउने छु ।

० अन्तमा ?
धन्यवाद मलाई केहि बोलने मौका दिनु भएकोमा यसैगरी माया र साथ दिनु होला ।