Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

अङ्ग प्रदर्शन गरेर चर्चामा आउनु भनेको चर्चा होइन : मोडल तथा नायिका प्रतिक्षा खड्का

Friday, December 7, 2018 National Power

वनेपा – पोखरामा जन्मनुभएकी मोडल तथा नायिका प्रतिक्षा खड्का छोटो समयमै चर्चामा आउन सफल मोडल तथा नायिकाहरुमा पर्नु हुन्छ । रामेछापको बेथान घर भएको मोडल तथा नायिका एउटा सफल कलाकार र समाजसेवी बन्ने बताउनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले मोडल तथा नायिका प्रतिक्षा खड्का सँग गरेको रमाइलो कुराकानी ;

० कार्यक्रममा तपाईंलाई स्वागत छ ?
धन्यवाद

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आजभोलि म म्युजिक भिडियोको सुटिङको क्रममा र नयाँ प्रोजेक्टको सँगसँगै पढाइमा अलि ब्यस्त छु ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
मैले अहिलेसम्म ७०, ७२ वटा म्युजिक भिडियोमा अभिनय गरेको छु ।

० तपाईंले चलचित्रमा खेल्नु भएको छ अहिलेसम्म कति वटा चलचित्रमा खेल्नु भएको छ ?
आधा दर्जन जति चलचित्रमा खेले दुई वटा रिलिज भए अरु रिलिजको क्रममा छन , 
भने कुनै रिलिजको तयारी गर्दै छन् ।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
काम दुबैमा उस्तै हो , आफ्नो भूमिका बुझन जरुरी छ । ठूलो पर्दामा काम गर्दा चाहीँ आफू पोक्त हुन जरुरी छ 
र आफ्नो पात्र लाई न्याय दिनको लागि मिहेनत पनि उतिकै जरुरी छ ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
एकदम सन्तुष्ट छु किनकि राम्रो कला भयो भने र दर्शकको मन जित्न सफल भइयो भने कलाकारिता क्षेत्र बाट नै सफल भइन्छ 
र आफुले रोजेको क्षेत्र भएको कारणले म धेरै खुसी छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
प्रतिस्पर्धा धेरै नै छ , राम्रो भन्दा राम्रो कलाकार आउने क्रम बढी रहेको छ । आफ्नो कलाले दर्सकहरु मन जित्न सक्यो भने 
कलाकारिता क्षेत्र बाट बाँच्न सकिन्छ ।

० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
कलाकार बन्ने मेरो सपना थियोे । सानै देखी म फिल्महरु हेर्न गर्थे यसले गर्दा नै म एउटा कलाकार बन्नको लागि यो क्षेत्रमा आएको हु ।

० तपाईंलाई पछि गएर कस्तो नायिका तथा मोडल बन्न मन छ ?
एउटा नायिका जुन पर्दामा मात्र नभएर बास्तबिकतामा पनि नायिका होस् जसले समाजमा सक्दो सयोग र परिवर्तन ल्याउन
 सक्ने आफूले जनेबुझेका कुरा बुजाउन सक्ने खालको नायिका तथा मोडल बन्न मन छ ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
हा.हा. हा. अहिले नै बेला भएको छैन ।

० तपाईंलाई त्यस्तो कुनै अफर आएका छैन्न केटाहरु बाट ?
अफर त धेरै नै आएका छन् देश तथा बिदेश बाट बिबाह गरौं भनेर धेरैले त प्रपोज पनि गर्नु भएको छ । 
नराम्रा अफरहरु त आएका छैन्न तर कोही कोही हुन्छन् नराम्रो नजरले हेर्ने र नराम्रा अफर गर्ने त्यस्तो 
अफर लाई मैले तुरुन्तै इगनोर गर्छु र उनिहरु बाट टाढा नै हुन्छ ।

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
मैले एउटी नारीको सम्मान गर्ने ,जो एकदम बुज्ने जाने परिपक्व होस् र मलाई बुझने, माया गर्ने, मेहनती टाइपको केटा हेर्छु ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्शन गरेर चर्चा कमाएका छ्न , 
के चर्चामा आउन अङ्ग  प्रदर्शन  नै गर्नु पर्ने हो ?
अङ्ग प्रदर्शन गरेर चर्चामा आउनु भनेको चर्चा होइन, त्यसलाई म आलोचना सम्झन्छु 
किनकि अङ्ग प्रदर्शन नगरिकन पनि आफ्नो कलाले पनि चर्चामा आउन सकिन्छ नि ।

० अन्तमा ?
अन्तमा कलाकारहरु लाई राम्रो नजरले हेरिदिनु होला जुनसुकै पेशा गरे पनि कामलाई इज्जत दिनुपर्छ । 
आखिर काम त काम नै हो दुईचारजनाले नराम्रा मान्छेको कुरा सुनेर पुरै पेशा नै नराम्रो हो भन्ने सोच 
हटाउनु होला भन्न चाहान्छु साथै तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।