Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कलाकार बन्ने मेरो सपना थियोे : मोडल तथा नायिका दिपाशा बि.सि

Monday, November 26, 2018 National Power

सुर्खेत जिल्लामा जन्मनुभएकी मोडल तथा नायिका दिपाशा बि.सि छोटो समयमै चर्चामा आउन सफल मोडल तथा नायिकाहरु मध्ये पर्नुहुन्छ । गित गाउन , डान्स गर्न, नयाँ बुक पढ्न मन पराउने मोडल तथा नायिका दिपाशा बि।सि आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले मोडल तथा नायिका दिपाशा बि.सि सँग गरेको छोटो कुराकानीः

० कार्यक्रममा तपाईंलाई स्वागत छ 
धन्यवाद

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ र ?
आज भोलि कलाकारिता क्षेत्र तिर नै अलि ब्यस्त छु
साथै प्रोग्रामहरुमा जानु पर्ने भएकोले यतै बिज छु ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
अहिलेसम्म खासै गन्ती गरेको छैन तिन सय ,चार सय जति भयो होला ।

० तपाईंले चलचित्रमा खेल्नु भएको छ , अहिलेसम्म कति वटा चलचित्रमा खेल्नु भएको छ ?
म चलचित्र क्षेत्र बाट नै कलाकारिता क्षेत्रमा आएको हो । अहिलेसम्म छ, सात वटा चलचित्रमा खेलेको छु । बिस्तारै निरन्तरता पनि दिदै छु ।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
हरेक काम आफैमा गर्‍यो हुन्छ तर त्यसलाई सजिलो तरिकाबाट गर्न सक्ने हुनुपर्छ , सबै काम सजिलो नै हुन्छ म्युजिक भिडियो अलि छोटो हुने भएकोले केही सहज हुन्छ ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै भन्नू पर्छ ,आफुले रोजेको क्षेत्र भएको कारणले म धेरै खुसी छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
सकिन्छ , पहिलोको तुलनामा अहिले बाँच्न झन सजिलो भएको छ । पहिलो पहिलो ईस्टेज प्रोग्राम हुदैन थियोे ।
अहिले ईस्टेज प्रोग्रामले गर्दा कलाकारहरु लाई पनि धेरै सजिलो भएको छ ।

० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
कलाकार बन्ने मेरो सपना थियोे सथै मलाई मेरो मम , परिवारको र मेरो गुरु कुलमान नेपाली सरले धेरै नै साथ दिनु हुन्थ्यो , सपोर्ट गर्नु हुन्थ्यो यसले नै गर्दा आज यहाँ सम्म छु ।

० तपाईंलाई पछि गएर कस्तो नायिका थाहा मोडल बन्न मन छ ?
हा हा हा म अरु जस्तो अरुलाई भने सपना भन्दा पनि दिपाशा बि. सि नै बन्न मन छ ।

० तपाईले मोडलिङ गरेको सबैभन्दा चर्चाको गित कुन हो ?
मोडलिङ गरेको सबैभन्दा चर्चाको गित हेमन्त शिशिरको गीत ” तिमी थोरै रिसाउनि यो मन सार्है रुछू “, भने गीतले मलाई धेरै चिनाएको थियो ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
हा. हा. हा.के लाग्छ गरेको भए त हजुर हरुलाई नै पैला थाहा हुन्छ नि होइन र रु अहिलेसम्म गरेको छैन ।

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
अब यस्तै भने त छैन मलाई माया गर्ने होस र मेरो कलाकारिता बुज्ने होस् बस अरु छुट्टै भने त छैन ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न रु के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
राम्रो कामको मुल्यांकन ढिला नै भएपनि राम्रो नै हुन्छ । अङ्ग प्रदर्सन गरेर हिट हुँदा चरीत्र संगै बदनाम पनि भइन्छ  लोकप्रिय र हिट हुनाका लागी अलि बिकृति ल्याउने खालका कामहरु गर्नुभएको छ । तेसैले मलाई यो कुरा मा बिश्वास लाग्दैन कि मैले तेस्तो गर्नु परेको पनि छैन ।

० अन्तमा ?
तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद अनि मलाई माया गर्ने दर्शक हरुलाइ धेरै माया गर्नुस् भन्न चाहान्छु ।