Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

कलाकार बन्ने मेरो सपना थियोे : मोडल तथा नायिका दिपाशा बि.सि

Monday, November 26, 2018 National Power

सुर्खेत जिल्लामा जन्मनुभएकी मोडल तथा नायिका दिपाशा बि.सि छोटो समयमै चर्चामा आउन सफल मोडल तथा नायिकाहरु मध्ये पर्नुहुन्छ । गित गाउन , डान्स गर्न, नयाँ बुक पढ्न मन पराउने मोडल तथा नायिका दिपाशा बि।सि आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । प्रस्तुत छ अरबिन्द्र गौतमले मोडल तथा नायिका दिपाशा बि.सि सँग गरेको छोटो कुराकानीः

० कार्यक्रममा तपाईंलाई स्वागत छ 
धन्यवाद

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ र ?
आज भोलि कलाकारिता क्षेत्र तिर नै अलि ब्यस्त छु
साथै प्रोग्रामहरुमा जानु पर्ने भएकोले यतै बिज छु ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
अहिलेसम्म खासै गन्ती गरेको छैन तिन सय ,चार सय जति भयो होला ।

० तपाईंले चलचित्रमा खेल्नु भएको छ , अहिलेसम्म कति वटा चलचित्रमा खेल्नु भएको छ ?
म चलचित्र क्षेत्र बाट नै कलाकारिता क्षेत्रमा आएको हो । अहिलेसम्म छ, सात वटा चलचित्रमा खेलेको छु । बिस्तारै निरन्तरता पनि दिदै छु ।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
हरेक काम आफैमा गर्‍यो हुन्छ तर त्यसलाई सजिलो तरिकाबाट गर्न सक्ने हुनुपर्छ , सबै काम सजिलो नै हुन्छ म्युजिक भिडियो अलि छोटो हुने भएकोले केही सहज हुन्छ ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै भन्नू पर्छ ,आफुले रोजेको क्षेत्र भएको कारणले म धेरै खुसी छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
सकिन्छ , पहिलोको तुलनामा अहिले बाँच्न झन सजिलो भएको छ । पहिलो पहिलो ईस्टेज प्रोग्राम हुदैन थियोे ।
अहिले ईस्टेज प्रोग्रामले गर्दा कलाकारहरु लाई पनि धेरै सजिलो भएको छ ।

० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
कलाकार बन्ने मेरो सपना थियोे सथै मलाई मेरो मम , परिवारको र मेरो गुरु कुलमान नेपाली सरले धेरै नै साथ दिनु हुन्थ्यो , सपोर्ट गर्नु हुन्थ्यो यसले नै गर्दा आज यहाँ सम्म छु ।

० तपाईंलाई पछि गएर कस्तो नायिका थाहा मोडल बन्न मन छ ?
हा हा हा म अरु जस्तो अरुलाई भने सपना भन्दा पनि दिपाशा बि. सि नै बन्न मन छ ।

० तपाईले मोडलिङ गरेको सबैभन्दा चर्चाको गित कुन हो ?
मोडलिङ गरेको सबैभन्दा चर्चाको गित हेमन्त शिशिरको गीत ” तिमी थोरै रिसाउनि यो मन सार्है रुछू “, भने गीतले मलाई धेरै चिनाएको थियो ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
हा. हा. हा.के लाग्छ गरेको भए त हजुर हरुलाई नै पैला थाहा हुन्छ नि होइन र रु अहिलेसम्म गरेको छैन ।

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
अब यस्तै भने त छैन मलाई माया गर्ने होस र मेरो कलाकारिता बुज्ने होस् बस अरु छुट्टै भने त छैन ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न रु के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
राम्रो कामको मुल्यांकन ढिला नै भएपनि राम्रो नै हुन्छ । अङ्ग प्रदर्सन गरेर हिट हुँदा चरीत्र संगै बदनाम पनि भइन्छ  लोकप्रिय र हिट हुनाका लागी अलि बिकृति ल्याउने खालका कामहरु गर्नुभएको छ । तेसैले मलाई यो कुरा मा बिश्वास लाग्दैन कि मैले तेस्तो गर्नु परेको पनि छैन ।

० अन्तमा ?
तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद अनि मलाई माया गर्ने दर्शक हरुलाइ धेरै माया गर्नुस् भन्न चाहान्छु ।