Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

काभ्रे पनौती नगरपालिकाको पुण्यमाता खोला करिडोर निर्माणको काम शुरु

Tuesday, November 20, 2018 National Power

 

४ , मंसिर / बनेपा – काभ्रे पनौती नगरपालिकाको बसपार्कदेखि नगरपालिकाको सिमाना छाला कारखानासम्मको पुण्यमाता खोला करिडोर निर्माणको काम शुरु भएको छ । सवारी चाप अत्यधिक बढ्दै गएको र आगामि २०७८ सालमा हुन लागेको ऐतिहासिक १२ बर्षे मकर मेलालाई ध्यानमा राखेर करिडोर निर्माणको काम अगाडी बढेको नगर प्रमुख भिम न्यौपानेले बताउनुभयो ।

नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत सो काम अगाडी बढेको छ । ‘आवश्यक्ता अनुसारको गहिराई र खोलाको फराकिलो दश मिटरको हुने गरी तीन किलोमटिर ट्रयाक खोल्न लागिएको हो । समितिको पहिलो चरणमा भएको कामले खोला छेउ सफा गर्दै ट्रयाक खोल्ने र दुई तिर तारजाली लगाएर बाटो निर्माणको काम अघि बढाउने छ ।