Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

काभ्रे पनौती नगरपालिकाको पुण्यमाता खोला करिडोर निर्माणको काम शुरु

Tuesday, November 20, 2018 National Power

 

४ , मंसिर / बनेपा – काभ्रे पनौती नगरपालिकाको बसपार्कदेखि नगरपालिकाको सिमाना छाला कारखानासम्मको पुण्यमाता खोला करिडोर निर्माणको काम शुरु भएको छ । सवारी चाप अत्यधिक बढ्दै गएको र आगामि २०७८ सालमा हुन लागेको ऐतिहासिक १२ बर्षे मकर मेलालाई ध्यानमा राखेर करिडोर निर्माणको काम अगाडी बढेको नगर प्रमुख भिम न्यौपानेले बताउनुभयो ।

नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत सो काम अगाडी बढेको छ । ‘आवश्यक्ता अनुसारको गहिराई र खोलाको फराकिलो दश मिटरको हुने गरी तीन किलोमटिर ट्रयाक खोल्न लागिएको हो । समितिको पहिलो चरणमा भएको कामले खोला छेउ सफा गर्दै ट्रयाक खोल्ने र दुई तिर तारजाली लगाएर बाटो निर्माणको काम अघि बढाउने छ ।