Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

दर्सक श्रोताकोहरुको मन मुटुमा बस्न मन छ : मोडल तथा नायिका भण्डारी

Saturday, November 10, 2018 National Power

२४,कार्तिक / काभ्रेपलान्चोक – सिन्धुपाल्चोक जिल्लामा जन्मनुभएकी मोडल तथा नायिका रेजिना भण्डारी छोटो समयमै चर्चामा आउन सफल मोडल तथा नायिकाहरु मध्ये पर्नुहुन्छ । नयाँ नयाँ ठाउँहरु घुम्न , नयाँ मान्छेहरु भेट्न, डान्स गर्न मन पराउने मोडल तथा नायिका भण्डारी आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । प्रस्तुत छ नेशनल पावर न्युजका लागि अरबिन्द्र गौतमले मोडल तथा नायिका रेजिना भण्डारी सँग गरेको छोटो कुराकानीः

० नेशनल पावर न्युजको पावर टकमा स्वागत छ ?
धन्यवाद

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
फिल्ममा पनि काम गरिएको छु साथ साथै
आज भोलि म्युजिक भिडियोमा पनि अलि ब्यस्त छु ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियो खेल्नु भयो ?
फिल्ममा पनि काम गर्दै गरेकोले धेरै खेल्न पाएको छैन
अहिलेसम्म दुई वटामा खेलेको छु अहिले नयाँ म्युजिक भिडियो आउने क्रममा छ ।

० कस्तो खालको गीतमा बढी खेल रुचाउनु हुन्छ ?
मलाई सबै खालको मन पर्छ यो त्यो भन्नी हुन्न सबै राम्रो नै लाग्छ सबै गितमा खेल्ने गरेको छु ।

० मोडलीङ क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै भएको कारणले लागी रहेको छु । सन्तुष्ट नभएको भए निरन्तरता दिने थिइन ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
दर्सक श्रोताको हातमा छ , सबै दर्सक श्रोताको माया र साथ पाइयो भने अबस्यनै बाँच्न सकिन्छ ।

० कसको प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
मलाई सानै देखी डान्स गर्न , नक्कल गर्ने मन पर्ने भएको कारण म आफै यस क्षेत्रमा लागेको हु

० कस्तो नायिका तथा मोडल बन्न मन छ ?
मलाई सबै दर्सकले मन पराउने र दर्सक श्रोताकोहरुको मन मुटु बाट कहिलै नहट्ने खालको लोक प्रिय बन्न मन छ ।

० तपाईंले चलचित्रमा खेल्नु भएको छ ? कति वटा चलचित्रमा खेल्नु भएको छ ?
खेलेको छु , मैले अहिले सम्म तीन चार वटा चलचित्रमा खेलेको छु ।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
काम दुबैमा उस्तै हो, मेहनत दुबैमा गर्नु पर्छ । मलाई दुबैमा सजिलो नै लाग्छ तर सानो पर्दामा केही सहज हुन्छ ।

० तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
एक बर्ष अगाडि भोजपुरी फिल्म दिलवाको ओठ लालि से रोटी बोरके गित धेरै चर्चा आएको थियोे ।

० मोडलीङ क्षेत्रमा आएको बिकृति लाई कसरी लिनु भएको छ ?
मलाई त्यस्तो केहि लाग्दैन , आफ्नो कामलाई जसरी देखाए पनि हुन्छ ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
यो कुरा म मान्दिन चर्चामा आउन अङ्ग प्रदर्सन गर्नु पर्छ भन्ने छैन ।

० अन्तमा ?
मलाई माया गर्नु हुने सबै दर्सक श्रोताकोहरु लाई छठ पर्वको शुभकामना मेरो नयाँ म्युजिक भिडियो आउदै छ हेरेर माया गर्नु होला भन्न चाहान्छु साथै तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।