Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

दर्शक स्रोतको मन मुटुमा बस्न मन छ : लोकदोहोरि गायक दिनेश भण्डारी

Saturday, September 29, 2018 National Power

१३ असोज ,काभ्रेपलान्चोक – सिन्धुपाल्चोक जिल्ला मेलम्ची भण्डारी गाउँमा जन्मनुभएको गायक दिनेश भण्डारी मुख्य तथा काठे लोक दोहोरी गायकको रुपमा छोटो समयमै चर्चामा आउन सफल गायकहरु मध्ये पर्नुहुन्छ । सानै देखीको सपना आमा बाबुको हौसलाको कारणले गर्दा किशोरावस्थामा नै संगित क्षेत्रमा अगाडी बढेको बताउछन । प्रस्तुत छ नेशन पावर न्युजका लागी अरबिन्द्र गौतमले गायक दिनेश भण्डारी सँग गरेको छोटो कुराकानीः

नेशनल पावर न्युजको पावर टकमा स्वागत छ
धन्यवाद

आज भोलि के मा ब्यस्त हुनुहुन्छ ?
गित संगितको साथ साथै पढाई तिर पनि अलि व्यस्त नै छु  ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
गाउन त धेरै गित गायको छु तर बजारमा अहिले सम्म
दुई वटा मात्र आएका छन् अरू आउने क्रममा छन् ।

कस्तो खालको गीत बढी गाउनुहुन्छ ?
म लोकदोहोरी गित बढी गाउछु दोहोरीमा पनि
काठ क्षेत्रको गीत बढि गाउने गर्छु ।

गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
अहिले सम्म सबैको माया , साथ , सहयोग पाएकोले सन्तुष्टनै छु ।

गायनबाटै बाँच्न सकिन्छ ?
राम्रो कलाकारहरु बाचेकै छन् । मेरो यो एउटा पाटो हो यसै बाट चाहि मैले भविश्य सोचेको छैन।

कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
सर्वप्रथम त घर परिवार र आफन्त जनको छ त्यसै गरी दर्शक स्रोतले धेरै मन पराउनु भएको छ साथै मेरा साथीहरूको पनि विशेष हात छ ।

कस्तो गायक बन्न मन छ ?
सबै दर्शक स्रोतको मन मुटुमा बस्न सक्ने गायक
बन्न मन छ ।

लोकगीत कस्तो होस् जस्तो लाग्छ ?
लोक गित समय सान्दर्भिक र सबैको कला ,सस्कृती जोगाउने खालको होस जस्तो लाग्छ ।

कस्तो खालको गित बढी गाउनु हुन्छ ? ( सेन्टी …)
सेन्टिमेन्ट खालको गित नै बढी गाउछु ।

दशै पनि आउन लाग्यो दशैको कुनै गीत गाउनु भएको छ ?

पढाइमा व्यस्त भयको कारणले गर्दा दशैको कुनै पनि गित गाउन सकिएन ।

दशैको गित कस्तो होस जस्तो लाग्छ ?
हाम्रो कला, सस्कृती ,परम्परा , रीतिरिवाज झल्काउने खालको होस् जेस्तो लाग्छ ।

दशैको गीत कतिको चल्छ जस्तो लाग्छ ?
कला , सस्कृती झल्काउने र समय सान्दर्भिक भयो भने चल्छ।

पर्व विशेष गीत ठिक कि अरु गीत ठिक ?
समय अनुसार दुबै ठिकै हुन्छ ।

अन्तमा ?
मैले काम गरेको गित संगितहरूमा सबै साथीहरूले माया गर्दिनु भयको छ अझै यस्तै मायाको अपेक्षा गर्दछु र तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धेरै धरै धन्यवाद ।