Friday 2nd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

बलत्कारीको लिंग काट्ने कानुन वनाएमा बलत्कारका घटनाहरुमा कमी आउन सक्छन् : पूर्व कानुन मन्त्री (भिडियो अन्तवार्ता सहित)

Tuesday, September 18, 2018 National Power

काठमाण्डौ – नेपालमा फाँसीको कानुन बनाउन त सकिदैन तर निर्मला पन्त जस्ता निर्दोष माथि जघन्य अपराध गर्ने बलत्कारी हत्याराहरुलाई मृत्युपर्यन्त जेल सजाए भएता पनि अव भने त्यस कानुनको साथमा बलत्कारीको लिङ्ग काट्ने सम्मको कानुन बनाउनु पर्ने पूर्व कानुन मन्त्री एवं नेकपाका सांसद शेर बहादुर तामाङले बताए ।


नेशनल पावर न्युज संग कुरा गर्दै पुर्व कानुन मन्त्री शेरबहादुर तामाङले पुरुष जातले महिला प्रति हेरिने गलत नजरबाट बचाउन पुरुषको पुरुषत्तो नै फाल्ने कानुन बनाउन सके बलात्कारका घटनामा कमी आउन सक्ने बताए ।

निर्मला हत्याकाण्डलाई अझ छोप्ने र प्रमाणहर नष्ट गर्ने कार्य भएका छन् । ति बलत्कारका अपराधिहरु त एक दिन एक दिन कानुनको फन्दामा पर्लान नै तर प्रमाणलाई लुकाउन र नष्ट गर्न गर्न खो्ज्नेहरुलाई समेत कानुनी दायरामा ल्याएर कडा भन्दा कडा सजाय दिनै पर्छ । प्रहरीको मातहतका अंग र निकायहरुले तदारुकताका साथ खटाईएको व्यक्तिले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने हो त्यो नभएको अवस्था रहेको छ, यसले गर्दा अहिलेको सरकारमाथि नै प्रश्न चिन्ह उठ्ने गरेको छ ।

कन्चनपुर घटनालाई अहिले सम्म पनि सुल्झाउन नसक्नुमा प्रहरी प्रशासन लगायतका न्यायिक अंगहरुले तत्परता नदेखाउनु नै हो, अपराधिका लागि कानुनी सजयाको व्यवस्था भए पनि कानुनको पालना नगर्नाले अपराधहरु हुने र अपराधिले उन्मुक्ति पाउने गरेका छन् ।